कार्यसमितिको दोस्रो बैठक सम्बन्धमा सुचना !

लेखेको मिती| July 7, 2011 | पहिलो प्रतिकृया दिनुस् | 156 पटक पढेको

एनआरएन एनसिसि डेनमार्क, कार्यसमितिको दोस्रो बैठक सम्बन्धमा सुचना !
प्रथम बैठकको निर्णय बमोजिम कार्यसमितिको दोस्रो बैठक यहि जूलाई १० आइतवार दिनको ठिक ११ बजे बस्ने भएको हुदा कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य एवम आईसिसि प्रतिनिधिहरुलाई अनिवार्य उपस्थितिको निम्ति सादर अनुरोध छ । बैठकका प्रस्तावित एजेण्डाहरु यस प्रकार रहेकाछन । यसमा केहि थप गर्नुपर्ने आवश्यकता देख्नु भएको छ भने अग्रिम प्रस्तावित गर्न र जानकारी गराउन अनुरोध छ ।
बैठकका प्रस्तावित एजेण्डाहरुः
१ विधान अनुमोदन
२ अघिल्लो बैठकका निर्णयहरुको समिक्षा
३ वार्षिक कार्ययोजना
४ विविध
उपरोक्त एजेण्डाहरुको आधारमा गर्नुपर्ने उपयक्त निर्णय को सम्बन्धमा आ आफ्ना धारणा निर्माण गरी बैठकमा सरिक हुनुहुनेछ भन्ने अपेक्षा गरिन्छ ।
स्थान ः Rentemestervej 28, Norrebro

कृष्ण पौडेल
महासचिव
एनआरएन एनसिसि डेनमार्क


कार्यसमितिमा निर्वाचित भएको प्रमाण पत्र वितरण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न

लेखेको मिती| July 3, 2011 | पहिलो प्रतिकृया दिनुस् | 174 पटक पढेको

२ जूलाई कोपेनहेगेन। गैर आवासीय नेपाली संघ, डेनमार्कको निर्वाचित प्रमाण पत्र वितरण तथा निवर्तमान कार्यसमितिबाट जिम्मेवारी हस्तान्तरण को कार्यक्रम यहि जुलाई २ मा सम्पन्न भएको छ । २०११ जुन मा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित एनआरएन डेनमार्कका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथिहरुः डेनमार्कका लागि महामहिम नेपाली राजदुत विजयकान्तलाल कर्ण तथा एनआरएन अन्नर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री जिवा लामिछाने ज्यू ले संयूक्त रुपमा वितरण गर्नुभयो। उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै महामहिम राजदुतज्यूले नेपाली राजदुतावास तथा नेपाल सरकार एनआरएन संग सहयोग सहकार्यताको लागि सदा तत्पर रहेको र स्वदेशमै पनि प्रशस्त संभावनाहरु विद्यमान भएकोले विदेशको कमाइ तथा अनुभव नेपालको आर्थिक प्रगतिमा सदुपयोग सकिने बताउनु भयो । यसै गरी आइसिसि उपाध्यक्ष जिवा लामिछाने ज्यू ले प्रवासमा रहेका नेपालीहरुको आपसी संजाल निर्माण गर्न, विदेशमा रहेका नेपालीहरुको हक हित स्थापना गर्न तथा आपत विपत पर्दा का सहयोग उद्धार र गैर आवासीय नेपालीहरुको लगानी स्वदशमा प्रवद्र्धन गर्नमा संघको भूमिका तथा योगदान सम्बन्धमा प्रकास पार्नु भयो ।उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मोहन राज मिश्र , निवर्तमान अध्यक्ष सोमनाथ सापकोटा एवम निर्वाचन समिति संयोजक उदय गौतमले आ आपना धारणाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन महासचिव कृष्ण पौडेल तथा स्वागत उपाध्यक्ष गणेश ढकालले गर्नुभएको थियो । साथै निवर्तमान कार्यसमितिबाट जिम्मेवारी हस्तान्तरण र नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक समेत सोही दिनमा सम्पन्न भएको छ ।


नवनिर्वाचित कार्यसमितिको प्रमाण पत्र वितरण कार्यक्रम

लेखेको मिती| June 29, 2011 | पहिलो प्रतिकृया दिनुस् | 0 पटक पढेको

एनआरएन डेनमार्कको नवनिर्वाचित कार्यसमितिको प्रमाण पत्र वितरण कार्यक्रममा उपस्थित हुनेबारे सुचना
एनआरएन डेनमार्क नव निर्वाचित कार्यसमितिको निर्वाचित प्रमाण पत्र वितरण कार्यक्रम NRNA ICC Vice-President श्री जिवा लामिछाने ज्यूको समुपस्थितिमा सम्पन्न गर्नेकार्यक्रम रहेको हुदा निम्न मिति र स्थानमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आईसिसि प्रतिनिधिहरु, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु , निर्वाचन समितिका संयोजक तथा सदस्यहरु को अनिवार्य उपस्थितिको लागि सुचित गरिएको छ र यदि यहाहरु मध्य कसैले सो सुचना प्राप्त गरिसक्नु भएको छैन भने पनि यसैलाई सुचना मानि सरिकभईदिनु हुन हार्दिक सादर अनुरोध छ ।
मिति ः २०११ जूलाई २ शनिवार
समय ः दिनको १२ः३० बजे
स्थान ः Rentemestervej 28, Norrebro
कृष्ण पौडेल
महासचिव
२०११ जून २९


प्रेस विज्ञप्ती

लेखेको मिती| June 29, 2011 | पहिलो प्रतिकृया दिनुस् | 149 पटक पढेको

गैर-आवासीय नेपाली संघ, डेनमार्कको
प्रेस विज्ञप्ती
गैर-आवासीय नेपाली,संघ डेनमार्कको प्रथम महाधिवेशन यही जुन २५, २०११ मा कोपेन्हगेन मा सम्पन्न भइ नयाँ कार्यसमिती सर्वसम्मतिबाट निर्वाचित भयको छ । यस नव निर्वाचित कार्यसमितिको तर्फबाट उक्त महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र नयाँ कार्यसमिती को सौहार्द्पूर्ण ढंगले निर्वाचन गर्न मा प्रतक्ष्य वा परोक्ष्य रुपम योगदान तथा सहयोग पुरयाउनु हुने सम्पूर्ण प्रतिनिधि तथा सदस्यहरु, प्रमुख अतिथी, अतिथी तथा पर्यवेक्षकहरु, पूर्व कार्य-समिती तथा पदाधिकारीहरु, निर्वाचन समितिका सयोजक तथा सदस्यहरुमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । महाधिवेशनको लागि सभाहल उपल्ब्धगराइदिने एवम व्यवस्थापनमा सहयोग गर्नुहुने नेपाली राजदुतवास एवम कर्मचारी मित्रहरु लाई समेत बिशेष धन्यवाद दिन चाहन्छु । साथै महाधिवेशन तथा नव-निर्वाचित कार्यसमितिमा सु-सफलताको कामना एवम हार्दिक बधाई ज्ञापन गर्नुहुने गैर्-आवासीय नेपाली संघ अन्तरास्ट्रीय समन्वय परिषदका अध्यक्ष्य लगायतका पदाधिकारीहरु,रास्ट्रीय समन्वय परिषदहरु, डेन्मार्कस्थित विभिन्न संघ-सस्थाकहरु एवम यस संघ प्रती विशेष स्नेह तथा सदभाव राख्नु हुने आदरणीय नेपाली समुदाय,लब्ध प्रतिष्ठित महानुभाव्हरु तथा स्थानीय तथा विदेशी मित्रजनहरु अनि समाचार सम्प्रेषण गर्नुहुने मेडियाकर्मी एवम पत्रकार मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।आगामि दिनहरुमा यस्तै न्यानो आत्मीय सदभाव , सहयोग एवम सहकार्यता निरन्तर अटुट रहने छ भन्ने विश्वास लिएकोछु । यसकार्यसमिती संघका घोषित उद्देश्य अनुसार नेपाली समुदयको हक र हितको लागि यथासक्य भूमिका निर्वाह गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद !
मोहन राज शर्मा (मिश्र )
अध्यक्ष
एनआरएन्, डेनमार्क
२8 जुन २०११


Progress report NRNA NCC

लेखेको मिती| June 24, 2011 | पहिलो प्रतिकृया दिनुस् | 264 पटक पढेको

Dear respected all,
and members of NRNA NCC Denmark, Read more


एनआरएन डेनमार्कको अधिवेशन तयारी पुरा

लेखेको मिती| June 23, 2011 | पहिलो प्रतिकृया दिनुस् | 171 पटक पढेको

भीम के सी कमल/कोपनहेगन, २३ जुन

गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएकोछ ।

एनआरएन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाले एक प्रेस बिज्ञप्ति जारी गर्दै आगामी जुन २५ तारिख शनिबार दिनको १० बजे देखीनेपाली राजदुताबास डेनमार्कको सभाकक्ष Svanemollevej-92, 2900 Hellerup, Copenhagen मा हुने संघको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भएको हो। Read more

« go backkeep looking »

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide