प्रेस विज्ञप्ति

लेखेको मिती| September 6, 2011 | पहिलो प्रतिकृया दिनुस् | 63 पटक पढेको

गैर– आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति डेनमार्कको

प्रेस विज्ञप्ति

गैर– आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति डेनमार्कको बैठक यहि सेप्टम्बर ४ मा सम्पन्न भएको छ । बैठकको निर्णय अनुसार संघको आयोजनामा हालै सम्पन्न तिज कार्यक्रमको समिक्षाका साथै त्यसको आयव्यय विवरण अनुमोदनभएको छ । सो कार्यक्रम भब्यताका साथ् सम्पन्न भएको ठहर गर्दै आसन्न पर्वदशैको उपलक्ष्यमा कार्यक्रम आयोजना सम्बन्धमा अन्य  नेपाली संघ संस्थाहरुसंग  परामर्श गरेर अगाडि बड्ने निर्णय गरेकोछ । तिज कार्यक्रममा सहभागी, आर्थिक सहयोगदाता, स्वयमसेवक तथा अन्य सहयोगीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरिएको छ भने डेनमार्क स्थित नेपली राजदुतावासको तर्फबाट उक्त कार्यक्रममा प्रनिधित्व एवम सहयोग नभएको साथै नेपाली समाज प्रती वेवास्ता भएको महशुस गरि बैठकद्धारा दुख प्रकट गरिएको छ ।

धन्यवाद !

कृष्ण पौडेल

महासचिव

एनआरएन, डेनमार्क,                                               ५ सेप्टेम्बर २०११


आभार तथा धन्यवाद ज्ञापन

लेखेको मिती| August 30, 2011 | पहिलो प्रतिकृया दिनुस् | 57 पटक पढेको

गैर आवासीय नेपाली संघ, डेनमार्कको आयोजनामा यही अगष्ट २८ गते डेनमार्कको राजधानी कोपेनहेगनमा तिजको दर खाने कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रम लाई भव्यतापूर्वक सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष, आर्थिक, भौतिक एवम नैतिक रुपमा सहयोग गर्ने संघ संस्था तथा महानुभावहरु, अमूल्य समय दिएर कार्यक्रममा सहभागि हुनु हुने दाजु भाई दिदि बहिनिहरु, कार्यक्रम व्यवस्थापन तथा संचालनमा सहयोग गर्नुहुने मित्रहरुमा एनआरएन डेनमार्क हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छ। आगामी दिनहरुमा  यस्तै सहयोग एवम सहकार्यतामा निरन्तरताको विश्वास लिएको छ ।  धन्यवाद

कृष्ण पौडेल

महासचिव

एनआरएन, डेनमार्क

२९ अगष्ट २०११


कोपेनहेगनमा तिजकार्यक्रम सम्पन्न

लेखेको मिती| August 30, 2011 | पहिलो प्रतिकृया दिनुस् | 62 पटक पढेको

गैर आवासीय नेपाली संघ, डेनमार्कको आयोजनामा यही अगष्ट २८ गते डेनमार्कको राजधानी कोपेनहेगनमा तिजको दर खाने कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । कोपेनहेगेनमा रहनुहुने नेपाली दिदिबहिनिहरुको उत्साहजनक सहभागिताका साथै यूल्याण्डबाट समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।  कार्यक्रममा  एनआरएन डेनमार्कका अध्यक्ष मोहन मिश्रले तिजको उपलक्षमा शुभकामना दिनु भएको थियो भने   कार्यक्रम व्यवस्थापन संयोजक देवी गौतमले स्वागत गर्नु भएको थियो । तिजका भाकाहरुमा सहभागिहरु  विशेष उमंगका साथ नाचगानमा सरिक हुनु भएको थियो भने नेपाली संग विवाहित डेनिस महिलाहरुको नेपाली शैलिको नृत्यले विशेष रौनकता थपेको देखिन्थ्यो । कार्यक्रम राति १० संचालन भएकाको थियो।


सदस्यता परिचय–पत्र सम्बन्धमा जानकारी

लेखेको मिती| August 18, 2011 | पहिलो प्रतिकृया दिनुस् | 94 पटक पढेको

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको हालसम्म सदस्यता परिचय–पत्र प्राप्त नगर्नु भएको साधारण सदस्यहरुले  आ–आफ्नो पुरा नाम , जन्म मिति सम्भव भए सम्म सदस्यता क्रमाङ्क समेत को विवरण खुलाई यथाशिघ्र ईमेल वा कार्यसमितिका पदाधिकारीहरुमध्ये कसैको फोन नं. मा एसएमएस (SMS) गर्नहुन अनुरोध छ ।

विवरण पठाउनका लागि ईमेल ठेगाना  nrnnccdenmark@gmail.com

पुनश्चः सकभर ईमेल गर्ने प्रयास गर्नुहुन अनुरोध गरिन्छ ।

निम्नानुसारका सदस्यहरुको परिचयपत्र बनिसकेको हुनाले बुझिलिनको लागि एआरएन डेनमार्कका अध्यक्ष वा अन्य पदाधिकारीहरुसंग सम्पर्क गर्नुहुन अनुरोध छ ।

NRN Membership Card Available in Office

  1. Anish Nepal      2. Bhim  Prasad Gurung   3.Shalikram Sharma   4.Rashmita Thapa k.c 5.Anita Bhattarai Upreti  6.Sushma Kalikot 7.Rajani Sen Tamrakar 8.Mrinal Sen Tamrakar 9.Prakash  Lamichhane 10.Kabita Gurung 11.Anil Sharma  12.Krishna Prasad Patha  13.Shane Mahat 14.Kumar Khatri 15 Suresh Chhyantal 16.Santosh Ghimire 17.Rabindra Khadk  18.Dinesh Shresth 19.Devendra Raj Shrestha 20.Ramesh Kunwar 21.Selina K.C 22.Ghanashyam Paneru 23.Pradip Bhattara 24.Prakash Shrestha 25.Bikrm Lama 26.Binod Bista  27.Ramesh Ghimire 28.Santos Sharma 29.Pramod Aryal 30.Mohan K.C 31.Shiva Prasad Pokhrel 32.Govinda Kandel 33.Sunita Ghimir 34.Abhisek Sing 35.Amrit Regmi 36.Binita Von Christierson 37.Shree Prasad Nepali 38.Sagar Kharel 39.Nabin Oli 40.Niraj Shrestha 41.Om Kumari Gurung 42.Saraswati Kharel 43.Gita Ghimire

एनआरएन डेनमार्कको जरुरी सुचना !!

लेखेको मिती| August 18, 2011 | पहिलो प्रतिकृया दिनुस् | 67 पटक पढेको

आधिकारिक ईमेल ठेगाना बारे

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको साविक आधिकारिक ईमेल ठेगाना       nrndenmark@yahoo.com असुरक्षित रहेकोले त्यस ठेगानाबाट प्राप्त सुचना आधिकारिक नमान्न र संघलाई ईमेल गर्नुहुने सम्पुर्ण महानुभाव तथा संघ सस्थाहरुले यस इमेल   nrnnccdenmark@gmail.com ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ।

कृष्ण पौडेल

महासचिव

एनआरएन डेनमार्क


प्रेस विज्ञप्ति

लेखेको मिती| July 11, 2011 | पहिलो प्रतिकृया दिनुस् | 88 पटक पढेको

यहि २०११ जुलाइ १० मा गैर आवासीय नेपाली संघ , डेनमार्क NCC कार्यसमितिको दोस्रो पूर्ण बैठक सम्पन्न भयो र उक्त बैठकका महत्वपूर्ण निर्णयहरुको सार्वजनिक जानकारीको लागि यो पे्रस विज्ञप्ति जारी गरिएको छ। बैठकले नेपाली प्रमुख चाढपर्वहरु तिज तथा बढादशै भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । जसानुसार २०११ अगस्ट २८ मा नेपाली महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । NRNA डेनमार्क कार्यसमितिको समग्र वार्षिक कार्ययोजना तय गर्न अध्यक्ष मोहाराज शर्माको संयोजकत्वमा उपाध्यक्षहरु गणेश ढकाल एवम बबि कुमार क्षेत्री, महासचिव कृष्ण पोडेल , कोषाध्यक्ष हेम प्रसाद अर्याल तथा सदस्य शशिकुमार ढकाल रहेको समिति गठन भएको छ । साथै संघको आर्थिक तथा सांगठनिक स्थिति सुदृढ र संस्थागत गर्न विशेष जोड दिने निर्णय लिइएको छ।
धन्यवाद!
कृष्ण पौडेल
महासचिव
२०११ जुलाइ १०

« go backkeep looking »

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide