अन्तर्क्रिया कार्यक्रमबारे सुचना

लेखेको मिती| November 30, 2011 | पहिलो प्रतिकृया दिनुस् | 103 पटक पढेको


एनआरएन डेनमार्कको आयोजनामा अद्यावधिक डेनिस अध्यागमन कानुनका सान्दर्भिक प्रावधानहरु खासगरी Green Card Holder, Permanent Residence, Student, Family Reunification आदीबारे डेनमार्क स्थित नेपाली समुदायलाई अवगत गराउने अभिाप्रायले यहि डिसेम्बर १४ तारिखमा डेनिस वकिल Aage Kramp संग प्रत्यक्ष अन्तर्क्रिया कार्यक्रम सम्पन्नहुने भएकोले सबै इच्छुक नेपाली दाजुभाई दिदीबहिनिहरुमा सक्रिय सहभागिताको लागि आह्वान गरिन्छ ।
स्थान ःKantorparken 4B , Emdrups, Copenhagen-Dk

समयः अपरान्ह ३ देखि ७ बजेसम्म



बधाई तथा शुभकामना

लेखेको मिती| October 17, 2011 | पहिलो प्रतिकृया दिनुस् | 70 पटक पढेको

हालै सम्पन्न  ग्लोबल कन्फरेन्स  बाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोकोमा श्री जिवा लामिछाने ज्यू का साथै सम्पूर्ण निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको लागि एनआरएन एनसिसि डेनमार्कको तर्फ बाट हार्दिक शुभकामना ज्ञापन गर्दछौ !

कृष्ण पौडेल

महासचिव

एनआरएन एनसिसि डेनमार्क


धन्यवाद ज्ञापन!

लेखेको मिती| September 29, 2011 | पहिलो प्रतिकृया दिनुस् | 76 पटक पढेको

धन्यवाद ज्ञापन!

नेपालीहरुको महान पर्व विजया दशमी २०६८ को उपलक्ष्यमा एनआरएन डेनमार्क लगायत, जनप्रगतिशिल मंच, जनसम्पर्क समिति एवम नेपाल लोकतान्त्रिक फोरमको संयूक्त आयोजनामा यही सेप्टेम्बर २७ सांझ डेनमार्कको कोपेनहेगेनमा शुभकामना आदान प्रदान तथा सांकृतिक कार्यक्रम भव्यतामा साथ  सम्पन्न भयो । उक्तकार्यक्रम सफल पार्न आ–आफ्नो ढंगले योगदान पुर्याउनु हुनेः  स्वयम सेवक ,स्थानीय कलाकार तथा प्राविधिक साथीहरुको भूमिकाको  प्रशंसा सहित हार्दिक धन्यवाद प्रदान गरिन्छ  सांगितिक कार्यक्रमका प्रमुख प्रस्तुतकर्ता अतिथि कलाकार यश कुमार एवम बिष्णु खत्रि प्रति विशेष आभार तथा धन्यवाद प्रकट गरिन्छ। खाजाको व्यवस्थापन गरिदिने नमस्ते नेपाल रेष्टुरेण्ट, कार्यक्रम स्थल हल उपलब्ध गराईदिने निकाय समेत विशेष धन्यवादका पात्र हुनुहुन्छ। सहआयोजक संस्था एवम संस्था प्रमुखहरु, कार्यक्रमको सोच, संयोजन, तयारी, व्यवस्थापन तथा सुसंचालनमा अहोरात्र खटनु हुने आयोजक तथा शुभचिन्तक मित्र एवम महानुभावहरु को उच्च कदर साथ धन्यवाद प्रदान गरिन्छ । यसै गरी  श्रोता÷दर्शकरुपमा पाल्नु हुने सम्पूर्ण दाजूभाई तथा दिदी बहिनीहरु, प्रमुख आतथि लगायतका आमन्त्रित अतिथि ज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गरिन्छ । साथै यावत सम्पूर्णमा विजया दशमी तथा शुभ–दिपावली २०६८ को हार्दिक मंगलमय शुभकामना ।

धन्यवाद!

 कृष्ण पौडेल

 महासचिव

२८ सेप्टेम्बर २०११                                             एनआरएन, डेनमार्क


दशै बिशेष शुभकामना सांगितिक सांझ बारे जरुरी सुचना

लेखेको मिती| September 22, 2011 | पहिलो प्रतिकृया दिनुस् | 93 पटक पढेको

यही सेप्टेम्बर २७ मा कोपेनहेगन डेनमार्कमा हुन गईरहेको दशै बिशेष शुभकामना सांगितिक सांझको लागि प्रवेश टिकट वितरण शुरु भईसकेको छ, टिकट संख्या सिमित रहेको हुदा इच्छुक महानुभावहरुले समयमा आफ्नो स्थान सुरक्षित गर्नुहुन अनुरोध छ।कार्यक्रममा ख्याति प्राप्त गायक  द्धय यश कुमार एवम बिष्णु खत्रिको साथमा स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

समय ः साझ ५ बजे देखि ११ बजे सम्म

स्थानः   Islands Brygge 18 , 2300 Copenhagen

प्रवेश टिकटको सहयोग रकम १०० डेनिस क्रोनर प्रति व्यक्ति (यसै भित्र नास्ताको व्यवस्था हुनेछ)

टिकटको लागि सम्पर्क व्यक्ति ः

मोहन मिश्र फोन न. ५२७५१७५९, ५०७२०२४५ , उदय गौतम  ३१२५६८३३ , घनश्याम गौतम  ६०४६९५५४, बबि क्षेत्रि   २६८४४४५५, गणेश ढकाल ५०१६०५३९, कृष्ण पौडेल  ३०८६२३५३ , शिव कार्की २८७३९३३९ त्रिलोचन सापकोटा ३१२५२१६० कुलराज शर्मा  २८९०४४३३ ,शशिकुमार ढकाल     २७५९१६० , जयलाल न्यौपाने     २७६४४४३३ ,गिर्वाण तिमिल्सिना    ७१२१६७१३ केशव गौतम  २७१३०५१५, शिव चापागाई  २८२६८४००, घनश्याम घिमिरे  २८८३३३५०,


दशै शुभकामना आदान–प्रदान तथा सांगितिक कार्यक्रम बारे

लेखेको मिती| September 20, 2011 | पहिलो प्रतिकृया दिनुस् | 122 पटक पढेको

दशै  शुभकामना  आदान–प्रदान तथा सांगितिक कार्यक्रम बारे सुचना !

नेपाली समुदायको महान पर्व वडा दशै २०६८ को सुअवसरमा , यहि असौज १० गते तदनुसार सेप्टेम्बर २७ तारिखका दिन गैर– आवासीय नेपाली संघ, जनप्रगतिशिल मंच, जनसम्पर्क समिति डेनमार्क,नेपाल लोकलान्त्रिक फोरम लगायतका संघसंस्थाहहरुको संयुक्त आयोजनामा  डेनमार्कको कोपेनहेगेनमा दशै शुभकामना  आदान–प्रदान  तथा नेपालका लोकप्रिय गायकहरु यश कुमार एवम विष्णु खत्रीको सांगितिक कार्यक्रम सम्पन्न हुन गईरहेको  हुदा  डेनमार्कमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरु एवम नेपाल प्रेमी महानुभावहरुलाई सहभागिताको निम्ति हार्दिक आह्वान गरिन्छ।  धन्यवाद

Venue: Kulturhuset Islands Brygge — KUBIK
Islands Brygge 18
2300 Copenhagen, Denmark

Time : 5 PM

आयोजक समिति


प्रेश विज्ञप्ति

लेखेको मिती| September 20, 2011 | पहिलो प्रतिकृया दिनुस् | 66 पटक पढेको

नेपाली समुदायको महान चाड बडा दशै २०६८ को सन्दर्भमा शुभकामना आदान प्रदान सहितकाका कार्यक्रमहरुको आयोजना सम्बन्धमा छलफल गर्न गैर–आवासीय नेपाली संघ, डेनमार्कको आव्हानमा सेप्टेम्बर १९,२०११  मा डेनमार्क स्थित विभिन्न संघ संस्थाहरु को संयुक्त बैठक सम्पन्न भयो । बैठकको निर्णय अनुसार नेपालका लोकप्रिय गायक द्धय यश कुमार एवम बिष्णु खत्रिको सांगितिक प्रस्तुतिलाई समेत समावेश गर्ने गरी यही सेप्टेम्बर २८ का लागि  घोषित दशै कार्यक्रम  सेप्टेम्बर २७ मा सारिएकोछ । उक्त कार्यक्रमको सफल संचालन तथा ब्यवस्थापनको निम्ति एनआरएन अध्यक्ष मोहन मिश्रको संयोजकत्वमा, जनप्रगतिशिल मंचका संयोजक उदयराज गौतम , जनसम्पर्क समितिका अध्यक्ष यमलाल सुवेदी, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष घनश्याम गौतम, अन्य नेपाली संस्थाका प्रमुखरु, एनआरएन डेनमार्कका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु सदस्य रहेको कार्यक्रम आयोजक समिति गठन भएको छ र आवश्यकता अनुसार उपसमिति गठन गरी तयारी कार्य तिब्रताका साथ अगाडि बडाईने छ । बैठकमा एनआरएन, जनप्रगतिशिल मंचका, जनसम्पर्क समितिका,नेपाल लोकतान्त्रिक फोरमका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कृष्ण पौडेलमहासचिवएनआरएन, डेनमार्क१९ सेप्टेम्बर २०११

« go backkeep looking »

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide