» एन आर एन अन्तरबार्ता

एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ
देवमान हिराचन, गैर नेपालीहरूको संस्था (एनआरएन) अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि जापानमा बसोबास व्यवसाय सञ्चालन गर्दै आउनुभएका हिराचन नेपालीको भविष्य निर्माणमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको विचार व्यक्त गर्नुहुन्छ ।

आन्तरिक राजनीतिक अवस्थामा सुधार, शान्ति सुरक्षा र लगानीको उचित वातावरण बन्न सके नेपालमा गैर आवासीय नेपालीहरूको लगानी बढ्ने मात्र होइन उनीहरू संयुक्त वैदेशिक लगानीको बलिया माध्यम पनि बन्न सक्ने विश्वास राख्नुहुन्छ ।

गैर आवासीय नेपालीहरूलाई प्रदान गर्न लागिएको परिचयपत्र स्वागतयोग्य निर्णय भएको बताउनु हुने अध्यक्ष हिराचन दोहोरो नागरिकताको प्रावधान गैर आवासीय नेपालीहरूको चाहना रहेको बताउनुहुन्छ । प्रस्तुत छ उहाँसँग इमेल मार्फत गरिएको अन्तर्वार्ता-

एनआरएनलाई अगाडि बढाउन कस्तो नयाँ थप ‘एजेण्डा’ तयार पार्नुभएको छ ?

गैर आवासीय नेपाली सङ्घ विदेशमा बस्ने सबै नेपालीको साझा संस्था हो । यहाँ ‘नयाँ’ एजेण्डाको कुरा भन्नुभन्दा पनि निरन्तरतालाई नेपाल र नेपालीको हितसँगै हामी सबैको हित गाँसिएको छ भन्ने कुरामा विश्वास गर्दछौं र त्यस्तै हित प्रवर्द्धनमा निरन्तर लागिरहेका छौं ! मेरो मुख्य ध्यान यस अभियानको संस्थागत संरचनाको विकास एवं हाम्रो कामको प्रभावकारिता बढाउनतिर लागेको छ ।

अहिले संसारभर कति नेपाली छरिएर रहेका छन्- एनआरएनले कति देशमा आˆना सङ्गठन विस्तार गरेको छ र सदस्यता सङ्ख्या कति छ ?

अहिले दक्षिण एसिया क्षेत्रबाहिर नै २६ लाखभन्दा बढी नेपाली रहेको हाम्रो अनुमान छ । हामी ती सबैलाई आˆनो सदस्य मान्दछौं ! विश्वमा अब सायदै त्यस्तो मुलुक होला जहाँ नेपालीहरू पुगेका छैनन् ! संस्थागत रूपमा हेर्ने हो भने गैर आवासीय नेपाली सङ्घको ५५ मुलुकमा राष्ट्रिय समन्वय परिषद् खुलिसकेका छन् ! अरू पाँच-सात मुलुकमा पनि यो खुल्ने तरखरमा छ । राष्ट्रिय समन्वय परिषद्हरूलाई शुल्क बुझाएर पञ्जीकृत सदस्यता लिने सङ्ख्या पनि २० भन्दा बढी पुगिसकेको छ ।

अहिले एनआरएनबाट अपेक्षाकृत लगानी नभएको बताइन्छ । त्यसका कारणहरू के हुन सक्दछन् ?

एनआरएन एक अभियान हो र यसलाई वित्तीय लगानीसँग मात्र गाँसेर हेर्नु हुँदैन भन्ने हाम्रो धारणा छ ! वित्तीय लगानीका अतिरिक्त पनि एन.आर.एनले मुलुकको प्रगतिमा ठूलै भूमिका खेल्न सक्छन् ? भन्ने हाम्रो धारणा छ ! निश्चय नै देशको रूपान्तरणमा लगानीको ठूलो महत्त्व छ ! फेरि संघ सामाजिक संस्था भएकोले आफैँले लगानी पनि गर्दैन ! खालि गैर आवासीय नेपालीहरूलाई लगानी गर्न उत्प्रेरणा मात्र दिन्छ ।

लगानी हुनका लागि निश्चय पनि मुलुकमा लगानी मैत्री वातावरण चाहिन्छ तर नेपालमा लगानीका लागि राम्रो वातावरण बन्न नसकेको सत्य हो । हाम्रो राजनीति सामाजिक उथलपुथल, नीतिको निरन्तरता माथिको अल्पविश्वास, झन्झटिलो प्रक्रिया, कार्यान्वयनमा हुने सुस्तता पूर्वाधारहरूको कमी आदिका कारण एनआरएन लगायतका लगानी अपेक्षाकृत रूपमा हुनसकेको छैन । तर एनआरएनहरूमा नेपालमा केही गर्नुपर्छ भन्ने भावना जागेको छ । यस्तो अप्ठेरो बेला पनि केही लगानीका परियोजना सुरु भएका छन् ।

देशको आन्तरिक अवस्था सुधि्रए यस्तो लगानी बर्सेनि कति रकम बराबर हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ?

ठ्याक्कै अनुमान गर्न गाह्रो छ । फेरि एनआरएनहरूले आफैंले मात्र लगानी गर्ने होइन । अरू विदेशी लगानी भित्र्याउनु समेत उनीहरूको सहयोग रहन्छ । नेपालको लगानीको वातावरण व्यवससाय मैत्री भयो भविष्यमा हामीले अनुमान गरेभन्दा धेरै ठूलो लगानी भित्रिनेछ भन्ने कुरामा म विश्वस्त छु ।

एनआरएनले प्रत्यक्ष लगानी गर्ने कुरा त आˆनो ठाउँमा छँदैछ, यसबाहेक संयुक्त लगानी वा वैदेशिक लगानी भित्र्याउने आधार पनि बन्न सक्ने अवस्था हुनसक्छ भन्ने आशा देखिए पनि त्यस्तै प्रक्रिया धेरै अघि बढेको पाइँदैन नि ?

गैरआवासीय नेपाली सङ्घले संयुक्त लगानीको अवधारणा अभियानको सुरूसँगै उठाउँदै आएको हो । निश्चय नै यसका लागि समय लाग्छ र त्यस्तो संयुक्त लगानीको प्रक्रियागत संरचना पनि हुनुपर्दछ । हामी विदेशमा बस्ने नेपालीहरूको स-सानो बचतलाई जम्मा गरेर मुलुकलाई र बचतकर्तालाई पनि फाइदा हुने लगानीमा परिवर्तन गर्ने पक्षमा छौं । हाम्रो संस्थासमेत कानुनी रूपमा स्थापित भई नसकेको अवस्थामा प्रक्रियालाई छिटो अघि बढाउन सकिएन तर हाम्रो प्रयत्न जारी छ ।

देशको आन्तरिक राजनीतिक स्थिरता भएको खण्डमा एनआरएनको तर्फबाट जलस्रोत, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन जस्ता पक्षमा कस्तो गुणात्मक लगानी वृद्धि हुन सक्ला ?

नेेपालमा लगानीका धेरै सम्भावना छन् र धेरै क्षेत्रमा लगानी हुन बाँकी नै छ । गैर आवासीय नेपालीहरूको सहभागिताले नयाँ प्रविधि भित्र्याउन र नयाँ प्रक्रियाहरूको थालनी गर्न सक्नुपर्दछ भन्ने मेरो धारणा छ । हामीले अहिले त्यति राम्रोसँग नपहिल्याएका क्षेत्रमा समेत ठूलै लगानी भित्रिन सक्दछ भन्ने मेरो बुझाइ छ ।

एनआरएनका लागि हालै सरकारले परिचयपत्र दिन सुरू गरेको छ । यसले के अब एनआरएनका धेरै समस्या समाधान भए त ?

सङ्घले परिचयपत्रको व्यवस्थालाई एक सकारात्मक कदमका रूपमा लिई स्वागत गरेको छ तर परिचयपत्रले सबै समस्या समाधान गर्न सकेको छैन । परिचयपत्र लिने प्रक्रिया र दिनुपर्ने विवरण झन्झटिलो छ । नेपाली मूलको विदेशी नागरिकको परिचयपत्रबाहकले नेपाल आउँदा जाँदा भिसा शुल्क तिर्नु नपर्ने भनिएको छ । परिचयपत्र भएपछि भिसा लिनु नपर्ने प्रष्ट व्यवस्था अझै भएकेा छैन । त्यस्तै नेपालमा सीमित रूपमा मात्र सम्पत्ति राख्न पाउने व्यवस्था गरेको छ । हाम्रो सुझाव नेपाली नागरिकसरहको व्यवस्था होस् भन्ने थियो । यसमा धेरै सुधारका सम्भावना छन् । हामी राज्यसँग मिलेर त्यस्ता सुधार गरिनुपर्दछ र हुन सक्तछन् भन्ने धारणा राख्दछौँ ।

परिचयपत्रले बस्ने र लगानी गर्ने वातावरण दिन्छ भने दोहोरो नागरिकता नै किन आवश्यक पर्ला त अब ?

परिचयपत्र र नागरिकता भनेका छुट्टा छुट्टै करा हुन् । ड्राइभिङ लाइसेन्स पनि परिचयपत्र हो । नागरिकताले मुलुकसँगको भावनात्मक एवं कानुनी सम्बन्ध स्थापित गर्दछ । नागरिकता भएका व्यक्तिले राज्यबाट अधिकार पाउँछन् र राज्यप्रति कर्तव्य पनि निर्वाह गर्दछन् । हामी नागरिकतामार्फत मुलुकप्रतिको कर्तव्यलाई कानुनी रूपमा नै स्थापित गर्न चाहन्छौँ ।

एनआरएनलाई सुविधा दिँदा एउटै वर्ग र तहमा राखेर व्यवहार गर्नुभन्दा लगानी भित्र्याउने सम्भावना, बौद्धिक क्षमता जस्ता पक्षहरूलाई आधार मान्दा कत्तिको उपयुक्त होला ?

निश्चय नै गैरआवासीय नेपालीहरूमा धेरै प्रकारका व्यक्तिहरू छन् तर राज्यले कुनै नीति बनाउँदा वा सुविधा दिँदा खास मुलुकको र वर्गको फाइदा मात्र हेरेर बनाउनु हुँदैन । नीति सबैका लागि समान हुनुपर्दछ । त्यसबाट फाइदा लिने त आˆनो साधन, स्रोत र क्षमताले हो । म गैर आवासीय नेपालीहरूबीच विभेदको पक्षमा छैन ।

एनआरएनका लागि राज्यले र निजी क्षेत्रले कस्तो थप वातावरण बनाउनु उपयुक्त हुन्छ ? यहाँको सल्लाह सुझाव केही छन् कि ?

नेपाल अहिले सङ्क्रमणकालमा छ । धेरै परिवर्तन भएका छन् धेरै कुरा हुन बाँकी छ । नयाँ संविधानले नेपालको अखण्डता र राष्ट्रिय एकता बलियो पार्नुपर्दछ । संविधानले नेपाललाई दु्रततर आर्थिक विकासमा अघि बढाउन सक्नुपर्दछ । गैर आवासीय नेपालीहरूको हित पनि नेपालको उन्नति र प्रगतिसँग गाँसिएको छ । सबै मिलेर नेपाललाई प्रगतिपथमा लम्कने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो ।

एनआरएनको लगानी सँगसँगै वैदेशिक लगानी भित्र्याउन नि त ?

लगानी मूलतः दुई कुरामा निर्भर गर्दछ । एक लगानीको प्रतिफल कस्तो हुन्छ र दोस्रो लगानी कति सुरक्षित रहन्छ वा कति जोखिमपूर्ण छ । राम्रो प्रतिफल छ र सुरक्षा पनि राम्रो छ, गैर व्यावसायिक जोखिम छैन भन्ने विश्वास दिलाउन सके सबैको लगानी भित्रिन्छ । जोखिम धेरै छन् र प्रतिफलको सम्भावना पनि कम छ भन्ने सन्देश जाउन्जेल लगानी भित्रिँदैन ।

नयाँ संविधानमा एनआरएनको भावनालाई कसरी समेट्न सके राम्रो होला भन्ने लाग्छ ?

सर्वप्रथम त संविधान समयमा नै बन्नुपर्दछ । साथै, यसले विश्वव्यापी रूपमा मान्यताप्राप्त लोकतान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरेको हुनुपर्दछ । नेपालीको सम्पत्तिमाथिको आधिकार लगायतका मौलिक अधिकार सुनिश्चित गरेको हुनुपर्दछ । संविधानले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख सक्ने हुनुपर्दछ । सबै नेपालीले यो हाम्रो संविधान हो र यसले मेरो हकहित सुरक्षित गर्दछ भन्न सक्ने संविधान बन्यो भने संविधान निर्माणको सार्थकता हुनेछ । एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ । साथै नेपाललाई विश्वव्यापी रूपमा नै सफल राष्ट्र बनाउन सक्ने संविधान बन्न सके हामी सबैको हित हुनेछ ।

गैर आबसिय नेपाली सँग का अध्यक्ष देवमान हिराचनसँग नयाँ पत्रीकाले गरेको संवाद
साँझ ढल्दै थियो । काठमाडौंमा सडकका बत्तीहरू बल्न थाले । कतै-कतै अँध्यारो व्याप्त थियो । कतै सडक-बत्ती बलेका देखिन्थे भने कतै ती बत्ती पनि बलेका थिएनन् । दिउँसोको कोलाहल विस्तारै मत्थर हुँदै थियो । ‘सूर्य अस्त, नेपाल मस्त’, एकजना साथीले भनेका थिए । कतै नेपाली मस्त पनि हुँदै थिए, सायद । उता सोल्टी क्राउन प्लाजाको पाँचतारे होटल भने गुल्जार थियो । गएको तीन दिनदेखि सुरु गैरआवासीय नेपालीहरू (एनआरएन)को सम्मेलन समापनअघि अध्यक्ष छानिएका देवमान हिराचनलाई बधाई थाप्दैमा फुर्सद थिएन । ‘म समय दिन सक्दिनँ,’ सुरुमै उनले भनेका थिए । तर, त्यो भीड र उल्लासको रातमा पनि हामीले देवमानसँगसंवाद  गर्‍यौँ ।

जापाननिवासी देवमान हिराचन पहिलोपटक विश्वभरिका गैरआवासीय नेपालीहरूको अध्यक्ष छानिएपछि सबैलाई धन्यवाद दिए । ‘म भावुक बनेको छु,’ उनले भने, ‘मेरो मनका भावना तपाईंहरूसँग राख्न सक्दिनँ,’ जीवनमा पाउनु र गुमाउनुको गहिरो अर्थ छ ।   हिराचनले धेरै प्राप्ति गरेका छन् र कत्ति कुरा गुमाएका पनि । प्राप्तिको लडाइँमा कैयौँपटक यिनले हारेका छन् ।

मुस्ताङको मार्फामा जन्मेर अनेक परिवेश भोग्दै जापान पुगेका देवमान हिराचनलाई उता पुगेपछि रेडियोलोजी पढ्नु थियो । जापन युनिभर्सिटीमा रेडियोलोजी भर्ना गरेपछिको उनको जीवन साह्रै संघर्षमा बित्यो । ‘संघर्ष धेरै गर्नुपर्‍यो जापानमा बाँच्न,’ ३५ वर्षअघिका रातमा उनी हराउँदै थिए, ‘मैले भोगेका समस्या त गनिनसक्नुका छन्, कुनैवेला यी समस्याबाट पार नपाइने भइयो कि जस्तो पनि लाग्थ्यो ।’ त्यसवेला ‘पढ्न र बाँच्न जापानमा निकै दुःख’ व्यहोरेको लामो कथा यिनको जीवनको डायरीमा छ । अनुहारमा अनेक घात-प्रतिघात छ । दुःखका रेखा पोतिएका छन् । ‘त्यही दुःखबाट त सुखमा आइयो’, उनले सुनाए, ‘दुःख सबैको जीवनसँगै आएको हुँदोरहेछ ।’ तर, दुःख यिनलाई पि्रय लाग्यो । दुःखको लामो बाटो छिचोलेरै उनले जापान युनिभर्सिटीबाट रेडियोलोजीको पढाइ सके ।

समयका आयाम छ, रंग-बिरंगका । कालको चक्रसँग पैँचो मागेर समय मान्छेको जीवनका थोत्रा थाङ्ना सिउँदोरहेछ । कहिले फुल्छ चट्टानमा समय, कहिले भने वसन्तमा पनि फुल्दैन । सायद चट्टानमा पनि फुल्यो समय । पढाइ सकेपछि यिनका सुखका दिन सुरु भए । अहिले हिराचन नेपालमा खोलिएका विभिन्न ट्राभल एजेन्सीमार्फत नेपाल र जापानबीचको पर्यटकीय क्षेत्रको विकासमा योगदान पुर्‍याउने व्यक्ति भएका छन् । नेपाल फ्युचर थिङ्किङ एसोसिएसन र एजुकेसन एन्ड डेभलपमेन्ट सेन्टर नेपालसँग पनि सम्बन्धित छन्, हिराचन । बितेको १० वर्षदेखि जापानको नोजुकी अस्पतालमा कार्यरत हिराचन जापानमा हीराको व्यापार, पर्यटन, सूचना, प्रविधि तथा रियल स्टेटको व्यवसायमा पनि संग्लग्न छन् ।

‘मलाई अध्यक्ष जिताउने सबै साथीको विश्वास म गुम्न दिन्नँ,’ गम्भीर हुँदै उनले सुनाए, ‘मसँग वाक्पटुता छैन, म बोल्नुभन्दा काम गरेर देखाउन चाहन्छु ।’ उनलाई ‘नेपालबाहिर बस्नेले केही न केही कमाएका छौँ’ भन्ने लाग्छ । ‘हामी समृद्ध नेपाल बनाउँछौँ,’ उनले भने ।

एनआरएन संस्था बनेको ६ वर्ष पुग्यो । उनी सुरुकै कोषाध्यक्ष रहेछन् । ‘यो संस्था बन्नमा उपेन्द्र महतोको योगदान सराहनीय छ,’ सँगै बसेका उपेन्द्र महतोलाई धन्यवाद दिन उनी चुकेनन्, ‘आज विश्वभरि छरिएर रहेका २५ लाख नेपालीलाई सम्भिmरहेको छु, मलाई उनीहरूको हक-हितका लागि लड्न थप प्रेरणा मिलेको छ ।’

सन् २००३ मा काठमाडौंमा पहिलो सम्मेलन आयोजना गर्दा संसारभर छरिएका नेपालीलाई सम्बन्धित मुलुकको दूतावासमार्फत सम्पर्क गरिएको थियो रे ! ‘पहिलो सम्मेलन अपेक्षाकृत भव्य भएपछि विश्वका कुना-कुनामा रहँदैै आएका नेपाली यो अभियानप्रति आकषिर्त हुँदै गएका छन्,’ उनले सुनाए, ‘एउटै सहरमा वर्षौं बस्दा, चिनजान नभएकाहरू पनि यो अभियानपछि आत्मीय, पारिवारिक र व्यावसायिक सम्बन्ध बढ्दै गएको छ ।’ अहिले ५५ भन्दा बढी देशमा यसको संगठन विस्तार भएका छन् । ‘२० देखि ३० जना मात्रै नेपाली भएको यो देशमा पनि यो संस्था गठन भइरहेको छ,’ उनले सुनाए ।

गैरआवासीय नेपालीले देशमा त्यति ठूलो लगानी गरेको देखिएको छैन । के गरेको छ गैरआवासीय नेपालीले आफ्ना देशमा ? ‘विदेशमा रहेका अधिकांश नेपाली पहिलो पुस्ता हुन् । १५ वर्षयता धेरै नेपाली विदेश पस्न थालेका हुन् । म जापान पुगेको ३६ वर्ष भयो । मभन्दा अघि जापान पुगेर स्थापित हुनेको संख्या औँलामा गन्न सकिन्छ,’ बाहिरको छिप्पिँदो रातमा उनले सुनाए, ‘पहिलो पुस्ताका आप्रवासी नेपाली आफैँ स्थापित हुन संघर्ष गर्ने क्रम सकिएको छैन ।’ देवमानलाई लगानी गर्न क्षमता भएका नेपालीको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ भन्ने लाग्छ । ‘तर देशको वातावरण लगानी मैत्री छैन,’ उनले सुनाए ।

उनलाई विदेशमा बस्ने नेपालीको कुनै कानुनी हैसियत र पहिचान छैन भन्ने लाग्छ । ‘गैरआवासीय नेपालीले लगानी गर्न ठिक्क पारेका रकम वर्षौंदेखि बैंकमा थन्क्याएर राख्नुपरेको छ,’ उनले सुनाए । माइखोला जलविद्युत् आयोजनाका लागि गैरआवासीय नेपालीले तीन वर्षअघि नै रकम जम्मा गरिसकेको उनी सम्झन्छन् ।

एनआरएनको ६ वर्षे आयुमा धेरै उथल-पुथल भएको छ । नेतृत्व फेरिएको छ । सदस्य संख्या बढेको छ । विश्वका थुप्रै राष्ट्रमा एनआरएनको संगठन विस्तार भएको छ । एनआरएनको संगठन विस्तार अभियानले अझै व्यापकता पाउने उनले बताए । यो अभियानले मुलुकका लागि कस्तो योगदान पुर्‍याउन सक्छ ? ‘विश्वभर नेपालीले प्रशस्त सामाजिक प्रतिष्ठा, सीप, ज्ञान र पँुजीसमेत आर्जन गरेका छन्,’ हिराचनले सुनाए, ‘देशले संकटको साथीका रूपमा विदेशमा बस्ने नापालीलाई उपयुक्त वातावरण दिई स्वदेश र्फकन आह्वान गर्ने हो भने आर्जनको सीप र पँुजी लिएर र्फकन तयार अवस्थामा नेपालीलाई यो अभियानले पुर्‍याएको छ ।’ उनी यो अभियानमा लागेका कतिपय नेपाली स्वदेश फर्किसकेको पनि सुनाउँछन् । ‘विदेशमा रहेका नेपालीलाई सरकारले नयाँ नेपाल निर्माणका लागि र्फकन आह्वान गर्नैपर्छ । नेपाल भएर पो हामी छौँ, नभए हाम्रो के अर्थ ?’

भर्खरै अध्यक्ष भएका देवमान हिराचन गैरआवासीय नेपाली देशमै नफर्के पनि हाम्रा लागि थुपै्र योगदान गर्न सक्छन् भन्छन् । ‘लामो समयदेखि बसोवास गर्दै आएको देश र मातृभूमि नेपालबीच सम्पर्कपुलको रूपमा गैरआवासीय नेपालीलाई सरकारले लिनुपर्छ । विदेशमा बस्नेको विशेषज्ञता र अनुभवको कदर गरेर दायित्व दिने हो भने धेरै विदेशी सहयोग र लगानी पनि देशमा भित्र्याउन सकिन्छ । गैरआवासीय नेपालीले सम्बन्धित मुलुकको सरकार र संस्थासँग कसरी प्रभावकारी रूपमा सहयोग माग्न सकिन्छ भन्ने राम्ररी थाहा पाएका हुन्छन्,’ उनले सुनाए, ‘हामीले पटक-पटक सत्तासीन व्यक्ति र राजनीतिक दलका नेतालाई विदेशमा रहेर पनि नेपालको सेवा गर्न उपयुक्त मौका दिन आग्रह गर्दै आएका छौँ ।’

तिहारको मौका छोपी नेपाल पसेका एनआरएनहरू सम्मेलन र विजयोत्सव मनाइरहँदा विजयी अध्यक्ष हिराचन नेपाली मिडियासँग कुरा गर्दै छन् । उनी सरकारी प्रतिनिधिमण्डल कुनै पनि मुलुकको भ्रमणमा जाँदा त्यही देशमा बसोवासरत नेपालीलाई पनि सदस्यको रूपमा सामेल गराउने हो भने बढी प्रभावकारी हुन्छ, भन्छन् । ‘ती नेपालीले कम्तीमा स्थानीय भाषामा कुरा गर्न सक्छन् । सञ्चारलाई सजिलो बनाउन सक्छन् । यसका लागि सरकारले खर्च गर्नैपर्दैन । सरकारले यो सम्भावनाको उपेक्षा गरेको छ । गैरआवासीय नेपाली संघले विदेशमा नेपालीले कमाएको रकम लगानीका रूपमा भित्र्याउन सहयोग गर्न सक्छ । विदेशका अनुभवलाई स्वदेशको सामाजिक तथा आर्थिक रूपान्तरणमा प्रयोग गराउन सक्छ,’ उनले सुनाए ।

एनआरएनले नेपाल सरकारबाट निकै सहुलियत र सुविधा खोजेका छन् । थुप्रै माग बोकेर अनेकपटक नेपाल झुल्किन्छन् एनआरएनहरू । समस्या तेस्र्याउन सजिलो हुन्छ । पूरा गर्न निकै गाह्रंो । एनआरएन सेवा र सुविधा खोज्छ र बोलेको कुरा पूरा गर्दैन, होइन र ? ‘गैरआवासीय नेपालीले प्रतिबद्धता गरेका कुरामध्ये १० करोड डलरको लगानी कोषको काम पूरा हुन सकेको छैन,’ हिराचन सुनाउँछन्, ‘हामीले काम पूरा गर्न सकेनौँ किनभने गैरआवासीय नेपाली संघ दर्ता नभएकाले त्यो लगानीकोषसमेत नेपालमा स्थापना नभएको हो । हामीले ७५ जिल्लामा विभिन्न प्रकारका व्यावसायिक तथा सामाजिक परियोजना स्थापना गर्ने निर्णय गरेका थियौँ । हाम्रा परियोजना अधिकांश स्थानमा सुरु पनि भइसकेका छन् । कतै परियोजना सम्पन्न भइसकेको छ, कतै सुरु हुने अवस्थामा छ ।’

एनआरएनलाई हल्ला गरेको जस्तो लगानी नेपालमा नगरेको आरोप पनि छ होइन ? ‘लगानी त अब आइहाल्छ नि ! तर, यसका लागि नेपाल सरकारले अनुकूल वातावरण निर्माण गर्नुपर्‍यो । मुलुकलाई अप्ठ्यारो परेको वेला नै यहाँ लगानी बढाउनुपर्छ भन्नेमा ढुक्क छौँ,’ गभ्मीर हुँदै उनले भने, ‘सरकारले वातावरण निर्माण गरिदेओस्, एनआरएनले व्यापक रूपमा लगानी विस्तार गर्नेछ ।’ कस्तो वातावरण ? ‘पहिले हामीलाई सरकारले दोहोरो नागरिकता दिनुपर्छ । मेरो सक्रियता यसैका लागि हुनेछ । झन्झटिलो ऐन र कागजी प्रक्रिया हटाउनुपर्छ सरकारले । सरकारले यी काम गरे मुलुक समृद्धशाली बनाउन एनआरएनले ठूलो भूमिका खेल्छ,’ उनी भन्छन् ।

उनी गैरआवासीय नेपालीले जलस्रोतको क्षेत्रमा लगानी गर्ने अवधारणा अघि बढाएको बताउँछन् । ‘यसमा सरकारी असहयोग रहँदै आएको छ । व्यावसायिक लगानीका लागि वातावरण बनाएको छैन । प्रशासनिक झन्झट अझै पनि थुप्रै छन् । गैरआवासीय नेपालीले शिक्षा स्वास्थ्य सेवा उद्योग, सञ्चार, दूरसञ्चार, घर-जग्गालगायत थुप्रै क्षेत्रमा लगानी गरेको छ,’ उनले सुनाए, ‘तर मैत्री वातावरण पाउन सकेको छैन ।’

हिराचनले अध्यक्ष भएपछिको भाषणमा पनि उपेन्द्र महतोको अभाव अब खट्किने संकेत गरेका थिए । एनआरएनका पिता भनिन्छ, महतोलाई । अब निवर्तमान अध्यक्ष डा.उपेन्द्र महतोको अभाव एनआरएनमा खट्किन्छ भन्ने हल्ला छ नि ? ‘महतोले ६ वर्षसम्म यसको नेतृत्व सम्हालेर निकै अनुकरणीय काम गर्नुभएको हो । यसका लागि उहाँलाई म धेरै धन्यवाद दिन्छु । अब एनआरएनले संस्थागत प्रारूप पाइसकेको छ,’ उनले सुनाए, ‘नयाँ नेतृत्वले सबैलाई समेटेर नेपालको समृद्धिका लागि कार्यक्रम ल्याउँछ । यसका लागि ढिलाइ गर्नेछैनौँ, हामी । उहाँ नयाँ कार्यसमितिमा नरहे पनि उहाँको सक्रियतामा कुनै कमी आउन दिनेछैन ।’

गैरआवासीय नेपालीसम्बन्धी नियमावली ०६६ मा उल्लेख भएअनुसार गैरआवासीय नेपालीको पहिचानका लागि सरकारले यही वर्षबाट परिचयपत्र वितरण थालेको छ । परिचयपत्रमा नेपाल भित्रिन भिसा शुल्क मिनाहा, एकैपटक दस वर्षसम्मको भिसा दिन सकिने, एनआरएनको रूपमा नेपालमा उद्योग खोल्न सकिने र उद्योगको नाफा लगानीकर्ताले जता लैजान चाह्यो उतै लैजान सक्ने सुविधा र जग्गा खरिद गर्न पाउने अधिकार दिएको छ ।

तर पनि संवादमा निकैपटक उनले दोहोरो नागरिकताको कुरा दोहोर्‍याए । ‘अब गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिनुपर्छ । नेपाल सरकारसँग हामीले पटक-पटक दोहोरो नागरिकता माग गरेका छौँ । तर, सरकार कानमा तेल हालेझैँ बस्छ,’ उनले भने । तर, जुन-जुन राष्ट्रले दोहोरो नागरिकता स्वीकार गर्ने कानुनी प्रवधान बनाएको छ । ती राष्ट्रमा रहेका नेपालीले मात्र दोहोरो नागरिकताको सुविधा लिन सक्छन् ।

२५ लाख नेपाली मुलुक छाडेर बाहिर गएका छन् । कति भोकले बिदेसिएका छन् भने कति सोखले । तर, उनीहरूको जीवनमा अहिले घाम लाग्न थालेको छ । नेपालीका आफ्नै पीडा छन् । तिनका दुःख सुनिनसक्नुका छन् । भनिनसक्नुका छन् । पीडाको लामो कथा लिएर उनीहरू बाँचेका छन् । कस्तो छ डायास्पोरा नेपालीका दुःख ? ‘नेपाली अहिले समृद्ध बन्दै गएका छन्,’ यो कालो रातमा उनले सुनाए, ‘उनीहरू सीप र क्षमतामा विश्वास गर्छन् । तर, कति नेपाली साह्रै दुःखी छन् । नेपाल खुब सम्झन्छन्, उनीहरू । नेपाल खुब मिस गर्छन् नेपालीहरू,’ यति बोल्दा उनी हल्का हाँसेका देखिन्थे ।

हरेक हाँसो गम्भीर छन् र हलुका पनि । हरेक मूल्य अर्थपूर्ण छन् र पनि सघन छैनन् । हरेक प्राप्ति सम्पन्न छन् र पनि विपन्नै छन् । अर्थात बेलुनजस्ता । गैरआवासीय नेपालीको प्राप्ति पनि कतै बेलुनजस्तै फुकेको पो हो कि ? जीवन सुखी बनाउने दौडमा उनीहरू आमाको माया र देशको सपना कता लुकाउँदै छन् होला ?

साभार नयाँ पत्रीका

NRN डेन्मार्कका अध्यक्षसँग ऐक्यबद्धता मासिकले गरेको कुराकानी
एनआरएनएको चौथो विश्व सम्मेलन विशेषांक’को रुपमा प्रकाशित

- सभार – ऐक्यबद्धता मासिक

यहाँको अध्क्षयको व्यक्तिगत जीवनी, जन्म, शिक्षा, कार्यरत देश र पेशा ?

Som Sapkota

म समान्य किसान को छोरा हु । मेरो जन्म बाग्लुङ जिल्ला मल्मा गा बि स वार्ड न २ मा १९७४मा भएको ह ।म मेरो जन्म स्थल बाटै हाई स्कुल र बाग्लुङ मा ..महेन्द्र मल्टिपल कोलेज बाट आए र बिरेन्द्र कलेज चितवन बाट बि ए सकेर पेशागत रुपमा जिवन निर्वाह गर्न सकिन्छ कि भन्ने उदेस्यले बाग्लुंग जिल्लामा रासनयनिक मल र खाध्न्यमा नेपल सरकार ले बिकट जिल्ला हरु लाई दिने ढुवानी अनुदान मा ठेक्कामा रासनयनिक मल र खाध्न्य को ढुवानी गर्दै थिए तर मेरो आफ्नो अनुभब देश को राजनैतिक तथा आर्थक स्थिती पनि बिग्रदो भएको कारण ले सफल हुन सकिन केही समय को काठमडौ बसाइ पछी म बैदेशिक रोजगरको खोजी मा १९९४ को जुलाई ७ म स्विसज्ररल्यान्ड मा आएको हु । रोजगर कै क्रमामा जर्मन्,बेल्जिएम्,निडरल्यन्ड ,फ्ररान्स इटाली,हुदै १९९९ देखि २००८ सम्म पोर्तुगल मा सामान्य काम गर्दै बसेको थिए ।,समय बित्दै गयो पोर्तुगलमा लामो समय को बसाइ पछी पोर्तुगल को नागरिकता लिए र मैले पोर्तुगल को नागरिकता लिइ डेनमार्क मा बसाई सरे ।अन्तत म नेपाली मुल को पोर्तुगिस नागरिक भएता पनि मेरो तन , मन , धन सम्पूर्ण नेपाल र नेपाली हरु को आगन भन्दा बाहिर छैन । मेरो कार्य क्षेत्र को सन्दर्भमा म अहिले सम्म कामदार कै रुप डेनमार्कमा छु सम्भबत अर्को बर्ष बाट आफ्नै केही काम गर्नु पर्छ कि भन्ने सोच बनाएको छु ।

त्यस देशमा रहेको अनुमानित नेपाली संख्या कति होला ? नेपालीहरु के कस्तो पेशामा संलग्न छन् ?

यती नै छ त म भन्न सक्दिन तर पनि डेनमार्क मा नेपाली को सख्या२५०० को नजिक मा पुगेको छ।यो सख्या घटबढ त भैइ रहन्छ किनकि डेनमार्क् मा नेपलि आउने आनि यहा बाट बहिर जाने क्रम पनि छ। हामीहरुले डेनमार्कमा एउटा जन गणना कार्यक्रम ल्याउदै छ उ तत्पस्चात नै थाहा होला । प्राय जसो बिधार्थी हरु लगायता अन्य साथी हरु पनि हुनुन्छ । पेशाको सन्दर्भवमा समग्रमा धेरै जसो नेपाली हरु रेस्टउरेन्ट , होटेल,सरसफाइ, काम गर्नु हुन्छ।र केहि नेपालीहरु अन्य पेसामा पनि हुन्छ तर यो संख्या निकै कम छ

त्यहाँ रहेका नेपालीहरू(महिला समेत) ले कस्ता खालका समस्या तथा चुनौतिहरु भोग्नु परेको छ ? र ति समस्या समाधान गर्न एनआरएनएले कस्तो भूमिका खेल्नु पर्ने देख्नु हुन्छ ?

युरोप मा पुरुष र महिला का समस्या भनेका कुनै फरक हुँदैन

डेनमार्क मा ९५ प्रतिसत नेपालीहरु स्टुडेन्ट को हैसियमा छ्न ।सबै जसो स्टुडेन्ट साथीहरु कलेज लाई महगो फी तिर्न वाध्य छन ।यहाँको भ्याट सिस्टम अलि हाई छ ।स्टुडेन्टलाई ६० घण्टा को काम गेर्ने प्रमिट अनि तेस्माथि महगोफी कलेज घर भाडा महगो यातायातका कारण जीवन यापन सोचे जस्तो सजिलो छैन। समस्या समाधान गर्न एनआरएनएको

भूमिका भनेको सबै नेपाली लाई नेपाली ले सहयोग गर्ने बातावरण को ऋजना गर्नुसस्थागत रुप बाट, नेपाल सरकार सग समन्य गरी डेनमर्क सरकार सग जुन कर दायरा छ तेसलाई अरु एशियन देसको सरह मा पुराउन पहल गर्नु अब यहाँ नेपालीहरु थाई रुपमा नै बसोबास गर्न लागेको संख्या पनि ठुलो छ तेसैले अब हामीले नै नेपाली तथा अंग्रेजी मेडियममा पढाई हुने बिधालयको एस्थापना नेपाली पुस्तकालय को एस्थापना,नेपाली खाद्य भण्डारको एस्थापना गर्न पहल गर्ने नेपाली हरु का समस्या समाधान मा साधक बन्ने जस्ता बिसयमा जिमेवरिक का साथ अगाडी बढ्नु पर्छ जस्तो लाग्छ

थुप्रै नेपालीहरू रहेको डेनमार्कमा एनआरएनए गठन गर्न किन ढिला गरियो त ? नेपालीहरुका अन्य संघसंस्थाहरूसँगको सम्बन्ध तथा एनआरएनए प्रति समग्र नेपालीहरुको कस्तो अपेक्षा भएजस्तो लाग्छ ?

एन आर एन को गठन किन ढिलो भयो भन्ने सन्दर्भमा त म केहि भन्न चाहादिन किनकी यहाँ सबै साथी हरु शिक्षित र बुद्दिजिबी हुनुन्छ तर पनि गठन ढिलो हुनुको कारण आइ सी सी केन्द्र्लाई नै सोध्नु उपयुक्त होला । बिहे को लागि पनि लगन जुरुनु पर्छ भन्छन तेस्तै गैर आबासिय नेपाली संग, डेनमार्क गठन हुन पनि लगन नजुरेर पो हो कि, अब अन्य सघ सस्था को सम्ब न्ध मा सबै सघ सस्था हरु रास्ट्रीय चिन्तन र प्रवासी नेपालीहरुको बिचार तथा समस्याअको समाधान को लागी स्थापना भएका हुनाले सुमधुर सम्बन्ध त छँदैछ । तर पनि एन आर एन एउटा अन्तर्‍रास्ट्रीय तथा समग्र नेपालीको चाहना, भावना , र बिचार बोकेको नेपालीहरुको छाता संगठन भएको कारण ले सबै नेपालीहरुको सोच बिचार एन आर एन प्रती रामरो छ ।एन आर एन रास्ट्र भित्रको गरी बि उन्मलन तथा बिदेश भित्र नेपालीहरुको समस्याको समाधानका लागी साधक बनोस गैरराजनीति सस्था को रुपमा एस्थापिता होस नेपालीको चाहना , भावना , र बिचार अनुरुप काम गर्न सकोस नया नेपाल को निर्माण मा निर्णयक भूमिका खेलोस भन्ने आपेक्षा भएजस्तो लाग्छ

एनआरएनको आफ्‍नो जन्मभूमि प्रतिको सबभन्दा ठूलो कर्तव्य के हो जस्तो लाग्छ ?

रास्ट्र अहिले राजनैतिक तथा आर्थीक चपेटा मा परेको कारण एन आर एन को सबै भन्दा ठुलो कर्तब्य अर्थतन्त्र उकास्नु र गरीबि उन्मुलन गर्नु नया नेपाल को निर्माणमा रास्ट्रलाइ तन मन र धन ले सहयोउ गर्नु हो।

नेपालीलाई एकिकृत गराउने र भावनात्मक एकता डोर्‍याउने काममा मिडियाको भूमिका कस्तो हुन्छ ?

मिडिया को भूमिका सार्है प्रतिस्ठित र सम्मानित हुन्छ यस्ले लुकेका भावना, बिचार , र प्रतिस्ठित ब्यक्ती , ब्यक्तित्व हरुलाई अगाडी ल्याउछ मिडिया देश को चौथो अगको रुपमा मानिन्छ ।सनसार को जुन ठाउमा भय पनि हामी आज मेडियाको मद्यामा बाट यतै नजिक छौ कि केहि सेकन्डमा नै नेपाल का तथा बिस्व का सबै कुरा थाहापाउन सफल भय का छौ एन आर एन अहिले ५४ वटा देश मा छ योपनि मिडिया कै त योगदान हो नि ।

यहाँको विचारमा अब एनआरएन कसरी अघि बढ्‍नुपर्दछ र चौथो सम्मेलनले कस्तो नेता छान्ला जस्तो लाग्छ ?

एन आर एन मा अन्तत बिधान अन्तर्गत रही सैदान्तिक बिचार तथा नेपालीहरुकोछाता संगठन रुपमा विकास गर्दैलैजानु पर्छ।एन आर एनलाई राजनीति जातीयता र छेत्रीय प्रभाब बाट बचाउनु पर्छ , यसलाई नेपाली को साजा सस्थाको रुपमा विकास गर्नुपर्छ एन आर एन मा राजनैतिक कारण हुनु हुँदैन यदी राजनैतिक करण भयो भने बैमनस्यता ल्याउछ । सस्था बलियो हुन सक्दैन । अन्तत बिग्रदो अवस्था ले कुनै पनि नेपाली को भावना लाई र समस्या लाई कदर गर्न सक्दैन । तसर्थ रास्ट्री य चिन्तन भएका तथा बौव्दिक क्षेत्रका साथी हरु लाई सगठित गर्दै सस्था लाई अझ बलियो र मजबुद बनाउनु हाम्रो दायित्व भएको ले अक्टोवर मा हुने चौथो सम्मेलन ले प्रवासमा बसेर प्रवासी नेपाली हरुको बिचार भावनाको कदर गर्ने तथा एन आर एन लाई नेपालीहरु को एयाकता को प्रतिको रुपमा लान सक्ने ब्यक्तित्वलाई छान्लाजस्तो लाग्छ .

अन्तयमा मलाई हजुरहरु मार्फत आफना विचार राखने मौका दिनु भयको मा यहाँ लगायत यहाको टिम लाई धयानाबाद दिन चाहन्छु साथै बिजय दसमी ताथ तिहार को

शुब अबसरमा देस बिदेसमा मा रहनु हुने सम्पर्ण नेपाली दाजु भाई दीद्बहिनिहरु मा शुभकामना व्यक्त चाहन्छु

साथै नेपाल अहले संकर्मनाकलिन अबस्थाबता गुर्जिरहेको छ यो अवस्था बाट राष्ट्र लाई

समान्य सरल अबस्थाम अवतरण गराउनु हामी सबै को कर्तब्य हो तेसैले नेपालका राजनतिक दलहरु कोएकता आजको आबस्यकता हो नया नेपाल को निर्माण राजनतिक दलहरु को एकता बिना सम्भब छैन तेसैले नेपाल का राजनीतक दलहरु आफनो दलहरु स्वार्थ भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्ने बेला भय को छ देस रहे हामी रहन्छौ तसैले नया नेपाल को निर्माण समयमा नया सबिधान को लेख्नन जस्ता कुरा मा हामी सबै गभिर भयर लग्नु पर्ने बेला आयको छ के पहाडी के तराई के हिमाली के बाहुन के छेत्री के जनजाती के गरैआबासिय नेपाली सबै भन्दा पहिला हामी सबै नेपाली हौ राष्ट्र ले हामी लाई के दियो के दियो भन्दा पनि हामीले राष्ट्र लाई के दिएका छौ भने कुरा पनि महत्वपूर्ण छ तेसैले हामी सबै मिलेर सुनौलो नया नेपालको निर्माण मा लाग्नु पर्छ भन्दै पुन यहाँ को टिम अनि एकाबद्दता मासिक लाई धन्यवाद दिन चाहन्छु

धन्यवाद

सोम नाथ सापकोटा

अध्क्षय

गैर अबसिया नेपाली संग राष्ट्रिय समन्य परिसद

डेनमार्क