प्रधानमन्त्री चयनमा छिटो निकासको लागि गैरआवासीय नेपालीहरुको हार्दिक अपिल
मिती | August 10, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 243 पटक पढेको
हालको प्रधानमन्त्री चयन प्रक्रियाले मूर्त रुप पाउन नसक्दा मुलुक अनिर्णयको बन्दी बनेको छ र परिस्थिति अझ विग्रेर जाने होकि भनेर विदेशमा रहेका गैरआवासीय नेपालीहरु अत्यन्त चिन्तित भएका छन् । गत साउन ५, ७, १७ र साउन २१ गते चौथो पटक पनि व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री चयन प्रक्रियाले कुनै ठोस उपलव्धी हासिल गर्न नसकेपछि आन्तरिक एवं वाह्य रुपमा समेत मुलुकको छवी माथिनै नराम्रो संदेश गएको र यही क्रम जारी रहेमा नेपाल एक असफल राष्ट्रको रुपमा परिणत हुने कुराको संकेत तर्फ गैरआवासीय नेपाली संघ सचेत छ ।
विगतमा भएको दोश्रो जनआन्दोलन मार्फत मुलुकले छोटो अवधीमै ठूलो उपलव्धी हासिल गरि विश्वमा राम्रो संदेश दिन सफल भएको थियो । जसको फलस्वरुप समयमा नै संविधान बनेर देश आर्थिक विकासको पक्षमा द्रुततर गतिले लम्किएला भन्ने आशा समस्त देशवासीहरुमा पलाएको थियो । तर विडम्वनाबस देशमा संविधान बन्नुको सट्टा राजनीतिक दलहरु बीच ठूलो गतिरोध पैदा भई थपिएको समयभित्र पनि संविधान नवन्ने होकि भन्ने संका समेत उत्पन्न भएको छ ।
समयमा प्रधानमन्त्री चयन नभएकोले सरकारको पूर्ण बजेट आउन सकेको छैन । कतिपय नीतिगत कार्यहरु अघि बढ्न सकेका छैनन र विकास निर्माणको काम समेत अवरुद्ध भएको छ । नयाँ सरकार वन्न नसक्दा कर्मचारी तन्त्रमा समेत नकारात्मक असर परेको छ । मुलुकको आर्थिक स्थिति अझ नाजुक भएको छ । हाम्रा दातृ राष्ट्रहरु हेर र पर्खको स्थितिमा छन् । यस्तो स्थितिमा प्रधानमन्त्री चयन गर्ने जस्तो अत्यन्त संवेदनशील विषयमा भएको यो ढिलाई र खिचातानीले कतै मुलुकको छवीमा नै आँच आउने त होइन भन्ने तर्फ आम जनतामा चिन्ता र भय व्याप्त भएको छ ।
राजनितीक दलहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा मुलुक संकटमा फस्दै गएको छ। अब पनि दलहरु जिम्मेवार नहुने हो भने समयमै संविधान नबन्ने र मुलुक पनि गम्भिर दुर्घटनामा पर्ने संभावनालाई नकार्न सकिन्न । तसर्थ सरकार निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याई मुलुकलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन गैरआवासीय नेपाली संघ व्यवस्थापिका संसद, माननीय सभासद्हरु, जिम्मेवार राजनीतिक दल र तीनका नेताहरु समक्ष हार्दिक आग्रह गर्दछ ।
मितिः २०६७ साउन २४
Related posts:
- चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न – किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता
- चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनद्धारा १९ बुंदे काठमाडौ घोषणापत्र जारी
- एनआरएन सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले दिनु भएको मन्तव्य
- चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्र
- राष्ट्रिय समन्वय परिषदहरुद्वारा दोहोरो नागरिकताको माग पत्र प्रस्तुत:
Comments
प्रतिकृया दिनुस्
