प्रेश- विज्ञप्ति
मिती | July 31, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 203 पटक पढेको
मिति : २०६७ श्रावण १४
नेपाल भन्दा बाहिर विदेश मा रहने नेपाली हरु को छाता संघठन गैर आवाशिय नेपाली संघ जसले ” नेपाली को लागी नेपाली द्वारा ” भन्ने मूल नारा का साथ नेपाल बाहिर र नेपाल मा रहेका नेपाली समाज को आर्थिक, सामाजिक , सास्कृतिक रुपान्तरणको लागी छोटो समयमा नै उल्लेखनिय भूमिका खेलेको कुरा सबैमा जगजाहेर नै छ I बिभिन्न देश हरु मा जस्तै डेनमार्क मा पनि गत साल अगस्त २ तारीख का दिन ५४औ गैर आवाशिय नेपाली संघ को रुपमा विधिवत ढंग ले संघ को स्थापना भएको थियो I यो एक बर्ष को अवधिमा एन आर एन डेनमार्क द्वारा नेपाल र डेनमार्क भित्र विभिन्न कामहरु भएका छन
१: जाजरकोटमा झाडा- पखाला बाट संक्रमित हरु को उपचारको लागी ९९ हजार नेपाली रुपैया नगद प्रधानमंत्री अक्षय कोष मा जम्मा I
२: कोप- १५ मा नेपाल बाट सहभागी हुन आएको नेपाली टोली लाई कोपेनहागेन को महँगो बसाई खर्च लाई सहयोग पुर्याउने हेतुले ६० हजार नेपाली रुपैया नगद सहयोग
३: कोप-१५ मा सहभागी हुन आएको प्रधानमंत्री को टोली संग डेनमार्क मा विभिन्न पेशामा कार्यरत नेपालीहरु तथा अध्यनरत विधार्थीहरु को साझा समस्या को विषय मा छलफल गर्न प्रतिनिधि मंडल गएको I
४: कोप-१५ मा नेपाल र अन्य देश बाट आएका नेपाली संचार माध्यम लाई आमन्त्रण गरि वनमंत्री दीपक बोहराको आतिथ्य मा यहाँ अध्यनरत बिधार्थीहरु को कर तथा अन्य बिषय मा भएका समस्या हरु को बारे पत्रकार सम्मलेन गराई जानकारी I
५: देवघाट वृद्ध आश्रम को लागी सहयोग स्वरुप नेपाली रुपैया ९३ हजार नगद प्रदान I
६: तनहु को दुइपिप्ले मा निशुल्क स्वास्थ्य- शिविर को सञ्चालन I
७: डेनमार्क मा रहने नेपालीहरु बिच घटन सक्ने आकस्मिक घटना लाई मध्य नजर राख्दै मानविय उद्धार कोष को स्थापना I
८: दोहोरो नागरिता को विषय मा प्रधानमंत्री माधब कुमार नेपाल लाई ज्ञापन पत्र हस्तान्तरण I
९: नेपाली हरु को सस्कृति लाई जगेर्ना गर्न तथा निरंतरता दिने उद्धेश्य ले तीज तथा दशैं मा सास्कृतिक कार्यक्रम को आयोजना लगायत का काम हरु गरेता पनि हामी अझै रचनात्मक काम हरु गर्न प्रयासरत छौ I
नेपाली समुदाय को हक-हित ,सामजिक ,आर्थिक लगायत का विभिन्न पक्षहरु मा रुपान्तरण गर्ने उद्धेश्य पूर्ति गर्न स्वयं संस्था पनि संगठनिक रूपले बलियो हुनु जरुरी भएकोले हामीले एन आर एन डेनमार्क भित्र सके सम्म धेरै भन्दा धेरै साथीहरु लाई सदस्यता बनाई समेटने प्रयाश गर्यौ I कार्य समिति को निर्णय बाट ३ महिना को समय अवधी तोकि अनलाइन फारम भर्न सकिने सुविधा का साथै विभिन्न च्यानल मार्फ़त सदस्यता बितरण गर्ने प्रयाश गरियो I ३ महिनाको समय पछि पनि यहाँ का विभिन्न सस्था, बिधार्थी संगठनहरु को सल्लाह बमोजिम पुन: १ हप्ता को लागी समय अवधी थप गरियो यसक्रममा करीब ४ सय जना साथीहरु एन आर एन डेनमार्क को संजाल भित्र आवद्ध भएका छन I डेनमार्क मा रहेका नेपालीहरु माझ विभिन्न तवर बाट हातेमालो गर्दै एन आर एन डेनमार्क आफ्नो एक बर्ष पार गर्दै छ I
यसै क्रममा एन आर एन डेनमार्कले यही श्रावण ९ गते आइतबार ( २५ जुलाई ) का दिन डेनमार्कमा रहेका विभिन्न संघ संस्था नेपाली समुदाय तथा संघ संग आवद्ध सदस्यहरुको भेला डाकि सर्वसम्मत बाट नया कार्य समितिको चयन गर्ने प्रयास गरेको थियो I तर सहमती बिना को प्रस्ताब का कारण भेला बाट निकास निस्कन सकेन यसै प्रसग लाई लिएर नगरिक न्यूज़मा एन आर एन डेनमार्क तथा अध्यक्ष को ब्यक्तिगत इज्जत र प्रतिष्ठामा दाग लगाउने उद्देश्यले श्रावण ९ गते “नागरिक न्यूज़मा” सम्प्रेषण गरिएको भ्रमात्मक र झुटो समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ l यस्ता भ्रामक र कल्पित समाचारले एउटा ब्यक्ति मात्र नभई सींगो संस्थाको गरिमामय प्रतिष्ठामा समेत आच आउनेछ भन्ने हाम्रो ठहर छ
यस्ता समाचार सम्प्रेषण गरि संस्थाको इतिहास धमिल्याउने कोसिश गर्ने प्रति हामी खेद प्रकट गर्दछौ I
यस्ता भ्रामक समाचार बाट सतर्क रहन सबै लाई यसै विज्ञप्ति मार्फ़त आव्हान पनि गर्दछौ I साथै “नागरिक न्यूज ” जस्तो विस्वसनीय तथा लोकप्रिय संचार माध्यमले सत्य - तथ्य नबुझी सम्प्रेषण गरिएका एकपक्षीय र अपुष्ठ समाचार प्रकाशित गर्नु संपादन पक्षको कमजोरी हो भन्ने हामी लाई लागेको छ I यस्ता कमजोरीहरु पुन: दोहोरिन नदिई पत्रकारिता गर्ने कथित पत्रकारहरुको कलमले बिस्वस्निय संचार माध्यम मा ठाऊ पाउनु हुदैन भन्ने एन आर एन डेनमार्कको मान्यता रही आएको छ I
महा सचिब
प्रबिन कुमार प्रजापति
अध्यक्ष
सोम नाथ सापकोटा
एन आर एन डेनमार्क
Related posts:
Comments
प्रतिकृया दिनुस्
