“गैर-आवासिय नेपाली संघ डेनमार्क (एन.आर.एन डेनमार्क) को बिधान २oo९

मिती | July 15, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 95 पटक पढेको

“गैर-आवासिय नेपाली संघ डेनमार्क (एन.आर.एन डेनमार्क) को बिधान २oo९

परिच्छेद-१
प्रारम्भिक
प्रस्तावना :

गैर-आवासिय नेपालीहरुलाई नेपालको आर्थीक, सास्कृतिक तथा सामाजिक कृयाकलापमा संलग्न गराइ मुलुक को सर्वोपरी बिकास गर्न र डेनमार्क मा रहेका सम्पूर्ण नेपालीहरुको बिचमा एकता र समझदरी प्रभावकारी बनाउन साथै नेपाल र डेनमार्क बिच मित्रताका समबन्ध अझ बढी व्याबहारिक बनाउने तर्फ उत्प्रेरित गर्न राजनैतिक तथा नीजी स्वार्थ लाभ भन्दा माथि उठि ,गैर-आवासिय नेपालीहरूको उत्थान गर्ने हेतुले यो संस्था ई. स. 02 AUGUST 2009 मा
स्थापना भएर सि भि आर ३२५०१८६९ ले डेनमार्क मा दर्ता भएको सामाजिक संस्था हो ।
१ संस्था को नाम र प्रारम्भ:
१.१ यो संस्थाको नाम नेपालीमा “गैर-आवासिय नेपाली संघ डेनमार्क ” राष्ट्रिय समन्वय समिती हुनेछ ।अंग्रेजिमा ” नोन-रेसिडेण्स नेप्लीस एसोसिएसन डेनमार्क नेस्नल कोर्डिनेसन कौन्सिल” हुनेछ र छोटकरिमा एन.आर.एन. डेनमार्क भनिनेछ ।
१.२ यस संस्थाको मुख्य कार्यालय कोपेनहगेन डेनमार्कमा रहने छ ।
१.३ यो संस्थाको मुख्यत:मुनफा कमाऊने उद्देश्य नभएको गैरराजनैतीक एक अविच्छिन्न उत्तरधिकारवाला संस्था हो ।
१.४ यस संस्थाले व्यक्ति सरह चल-अचल सम्पत्ती खरिद बिक्री गर्न,बन्धक राख्न ,दान दातव्य लिन वा दिन सक्नेछ र नालिस उजुर गर्न सक्नेछ ।
१.५ कार्यसमितिले तोके बमोजिम यस संस्थाको आफ्नै झन्डा , चिन्ह र छाप हुनेछ ।
१..६ यस सस्था को लोगो र झन्डा मा दुई हिमाल बिच बाट उदाउदै गरेको सुर्य र त्यस्को तल NRNA हुनेछ
१..७ संस्था को छाप मा गोलाकार मा Non- Resident Nepali Association, Denmark,2009 हुनेछ

२ परिभाषा :
२.१ ” एन. आर. एन डेनमार्क” भन्नाले डेनमार्क बसोबास गर्ने नेपालीहरूको संगठन भन्ने बुझिन्छ ।
२.२ “केन्द्रिय” भन्नाले गैर आवासिय नेपाली संघको अन्तरराष्ट्रिय समन्वय समिती भन्ने बुझिन्छ ।

परिच्छेद-२
उद्देश्य
३.यस संस्थाको उद्देश्य :

३.१ गैर आवासिय नेपालीहरूलाई नेपालको आर्थीक तथा सामाजिक कृयाकलापमा संलग्न गराई देशको विकास गर्नु ।
३.२ डेनमार्क मा रहेका सम्पूर्ण नेपालीहरूको हक हितको संरक्षण, सम्बर्धन र एक आपसमा एकता र समझदारी सम्बन्धि प्रभावकारीताको बृद्धी गर्नु।
३.३ नेपाल र डेनमार्क बिच मैत्री सम्बन्ध बढि भन्दा बढि प्रभावकारी बनाऊन गोष्ठि, कर्यशाला,प्रवचन,र अनुसन्धानात्मक योजनाहरु संचालन गर्ने र रचनात्मक कार्य गर्न सकृय रहने।
३.४ नेपालमा आइपर्ने मानवअधिकार सम्बन्धी समस्याहरूको समाधानको लागि भरसक प्रयास गर्ने ।
३.५ डेनमार्क मा रहँदा प्राप्त गरेको सिपहरूको नेपालमा प्रयोग गर्नको लागि उपयुक्त आयोजना एवं कार्यन्वयन गर्न सकृय भूमिका निभाऊने ।
३.६ डेनमार्क मा रहेका अन्य संघ संस्था सँग आपसी सम्बन्ध र सहयोग लिने दिने ।

परिच्छेद-३
सदस्यता :
४. साधारण सदस्य :
डेनमार्क मा बसोवास गर्दै आएका नेपाली नागरिक हरू र नेपाली मुलको बिदेशी नागरिक (सार्क मुलुक बाहेक) र ऊनका परिवारहरूले कार्यकारिणि समितिले तोकेको नियमावली अनुसार दर्खास्त फारम पेश गरि साधारण सदस्याता प्राप्त गर्न सक्नेछ।
५ . साधारण सदस्याताको लागि योग्यता र नविकारण:
५.१ आर्थीक वर्ष अवधीमा १८३ दिन भन्दा बढी डेनमार्क मा बसोबास गर्ने नेपाली नागरिक हरू र नेपाली मुलका विदेशी नागरिकहरू र ऊनका परिवारहरू सधारण सदस्य बन्न सक्ने छन ।
५.२ सदस्यताको लागि एक प्रती फोटो,दर्खास्त फारम र कार्यसमितिले निर्धारण गरे बमोजिमको शुल्क सहित संघमा बुझाउनु पर्नेछ ।
५.३ सदस्यताको अवधी २ वर्ष हुनेछ र जुन मितिमा प्राप्त गरे पनि डिसेम्वर महिनाको को अन्त्यमा समाप्त हुनेछ ।
५.४ सदस्यताको नविकरण कार्यसमितिले निर्धारण गरे बमोजिमको शुल्क बुझाई गर्नु पर्नेछ।
५.५ साधारण सदस्यता को लागि कम्तिमा १६ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।
६. सदस्यताको खारेजी :
६.१ संघको सदस्यबाट राजिनामा दिएमा ।
६.२ संघको बिधान विपरित काम गरेमा ।
६.३ सदस्यता नविकरण नगरेमा ।
६.४ मृत्यु भएमा या मानसिक रोग लागेमा ।
७. सम्मानित सदस्य:
नेपालको आर्थिक एबं मैत्री सम्बन्ध बिकासको कृयाकलापमा संलग्न भई योगदान गरेका डेनिस नागरिकलाई सम्मानित सदस्यता प्रदान गर्न सकिने छ ।
८ . मानार्थ सदस्य :
बिना कुनै शर्त संघको मर्यादालाई उच्च बनाउन विशिष्ट योगदान गर्ने ब्यक्ती तथा संघ संस्था लाई कार्यसमितिको बैठकले निर्णय गरेमा नि:शुल्क यस संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिने छ ।

परिच्छेद-४
कार्यकारीणी समिती
९.१ कार्यकारीणी समिती:
अध्यक्ष – १, उपाध्यक्ष – २, माहासचिब – १ सचिब – २ – ,कोषाध्यक्ष – १ कुल सदस्यहरू – ११ जना मा३ जना कार्यसमितिको बैठकले बाट मनोनित गरी बढीमा १७ जना को कार्यकारीणी समिती हुनेछ । निर्वाचन द्वारा पद हरू रिक्त भएको अवस्थामा रिक्त पदको लागि मात्र पुन: निर्वाचन गरिने छ ।
९ .२ कार्यकारीणी सदस्य हुनको लागि यस संस्थाको साधारण सदस्य हुनु पर्नेछ ।
९.३यस संस्थाको अध्यक्ष पदमा 2 पटक भन्दा बढी एउटै ब्यक्ती लगतर उमेदवार हुन पाउने छैन ।
१०. कार्यकारीणी सदस्यको खारेजी:
१०.१ यस संस्थाको सदस्यबाट राजिनामा दिएमा ।
१०.२ यस संस्थाको बिधान बिपरित काम गरेमा ।
१०.३ मृत्यु भएमा या मानसिक रोग लागेमा ।
१०.४ साधारण सदस्य नविकरण नगरेमा ।
१०.५ यस संस्थामा अधिकारिक ब्यक्तिलाई लिखित जानकारी नगरि ३ पटक भन्दा बढी कार्यसमितिको बैठकमा अनुपस्थित भएमा ।
११. कार्यकारीणी सदस्यको पदावधी र अविश्वास्को प्रस्ताव:
११.१ कार्यकारीणी सदस्य को पदावधी १ वर्ष को हुनेछ ।
११.२ कार्यकारीणी सदस्यको पद रिक्त भएमा बाँकी रहेको अवधीका लागि जुन क्षेत्र र प्रकृयावाट प्रतिनिधित्व भएको हो सोही अनुसार पदपुर्ती हुनेछ ।
११.३ कार्यकारीणी समिती का सबै वा कुनै पदाधिकारी ले बिधान बमोजिम काम नगरेको भन्ने लागेमा साधारण सदस्यको कम्तिमा २५ प्रतिशत सदस्य हरुले लिखित अविश्वासको प्रस्ताव कार्यकारिणि समिति मा पेश गर्न सकिने छ र प्रस्ताव प्राप्त हुनासाथ कार्यकारिणि समितिले बिशेष अधिवेशन बोलाउनु पर्ने छ। उपस्थित सदस्यहरुको बहुमतले त्यस्तो प्रस्ताव को पक्षमा मतदान गरेमा अविश्वासको प्रस्ताव पारित भएको मानिनेछ।
१२ संरक्षक र सल्लाहाकार :
१२.१ यस संस्थामा डेनमार्क को लागि माहामहिम राजदुत संरक्षक हुनुहुनेछ ।
१२.२ गैर-आवासिय नेपाली संघ डेनमार्क सस्थापक अध्यक्ष संस्थाको सह-संरक्षक हुनुहुनेछ ।
१२.३ संरक्षक र सह-संरक्षक को पद पदेन हुनेछ ।
१२.४ कार्यकारीणी समितिले आवश्यकता अनुसार सल्लाहाकार मनोनयन गर्न सक्नेछ ।
१२.५ सल्लाहाकार को पदावधी १ वर्ष हुनेछ ।
१३ कार्यकारीणी समितिको काम,कर्तव्य र अधिकार :
१३.१ गैर-आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिबाट पारित भएको नीती र कार्यक्रम कार्यन्वयन गर्ने ।
१३.२ विभिन्न किसिम का गोष्ठि,समसामयिक विषयमा सभा, समारोह गर्ने ।
१३.३ समितिले यस बिधान अन्तरगत रही संस्थाको दैनिक प्रशासनिक एवं आर्थिक कार्यविधी संचालन गर्ने ।
१३.४ आवस्यक परेमा विभिन्न समिति,उपसमिति गठन गर्ने ।
१३.५ यस संस्थाको उद्देश्य प्राप्तीका लागि आवश्यक नियम बनाइ लागु गर्ने ।
१३.६ यस बिधान को व्याख्या गर्ने अन्तिम अधिकार कार्यकारीणी समिती लाई हुनेछ ।

परिच्छेद-५
साधारण सभा
१४. साधारण सभा:
१४.१ यस संस्थाको सबै साधारण सदस्य हरुको सभालाई साधारण सभा भनिनेछ ।
१४.२ साधारण सभा वर्षको एक पटक बोलाउनु पर्नेछ ।
१४.३ साधारण सभाको गण उपस्थित संख्या सदस्यको ५१ प्रतिशत लाई मानीने छ ।
१४.४ साधारण सभामा सचिवले वर्षिक प्रतिवेदन र कोषाध्यक्ष ले लेखा परिक्षण प्रतिवेदन पेश गरी सभामा पारीत गराउनु पर्नेछ ।
१४.५ कार्यकारीणी समितिले चाहेमा जुन सुकै समयमा पनि विशेष साधारण सभा बोलाउन सक्नेछ ।
१४.६ यस संस्थाका साधारण सदस्यको २५ प्रतिशत सदस्यहरूले निश्चीत कारण देखाई लिखित माग गरेमा विशेष अधिवेशन बोलाउनु पर्नेछ ।
१५. साधारण सभाको सभापतित्व संस्थाको अध्यक्षले गर्ने छ,नीज अनुपस्थित भएमा पहिलो उपाध्यक्षले गर्ने छ,अध्यक्ष र दुबै जना उपाध्यक्ष हरू अनुपस्थित भएमा सचिवले सभापतित्व गर्नेछ ।

परिच्छेद – ६
लेखापरिक्षण समिती

१६. साधारण सभा ले २ वर्ष को लागि अध्यक्ष,उपाध्यक्ष र प्रतिवेदक गरी जम्मा ३ जनाको लेखापरिक्षाण समिती निर्वाचन गर्ने छ ।
१६.१ यस समिती ले एन. आर. एन.डेनमार्क को आय- ब्यय को विबराण जाँच गरी कार्य समिती मा पेश गर्ने छ ।
१६.२ यस समिती को अध्यक्ष , कार्य समितिको बैठक मा उपस्थित हुन, छलफल मा भाग लिन र प्रस्ताव राख्न सक्छ तर प्रस्ताव माथि निर्णय गर्ने अधिकार हुने छैन ।
१६.३ यस समितिको बैठक साधारणतय महिना को एक पटक हुनेछ,तर अध्यक्ष आफैले या समितिको सदस्य ले माग गरेमा जहिले पनि हुन सक्नेछ ।
१६.४ कार्य समितिको विघटन संगै यस समितिको पनि विघटन हुनेछ।

परिच्छेद – ७
कोष तथा लेखापरिक्षण
१७. आर्थिक आय:
१७.१ सदस्यता शुल्क
१७.२ चन्दा तथा उपहार
१७.३ चल अचल सम्पत्ति
१७.४ प्रकाशन बिक्री
१७.५ सेमिनार,गोष्ठि,तालिम आयोजना एवं परामर्श सेवा
१७.६ विविध आम्दानीवाट

१८ . आर्थिक वर्ष :
आर्थिक वर्ष भन्नाले जनवरि १ तारिख देखि डिसेम्वर महिनाको अन्त्यलाई मानिने छ ।
१९ .कोषाध्यक्ष वा आर्थिक समितिले वार्षिक साधारण सभा भन्दा पहिला आय – व्वयको विवरण र लेखापरिक्षण को प्रतिवेदन साधारण सभाका सदस्य हरुलाई पठाउनु पर्नेछ ।
१९.१ कोषाध्यक्ष वा आर्थीक समितीले संस्था को हिसाब किताब नियमित रुपमा लेखापरिक्षण समितिमा पेश गर्नुपर्ने छ ।
परिच्चेद -८
निर्वाचन तथा मतदान
२०.निर्वाचन तथा मतदान:
२०.१ कार्यकारीणी समितिको चुनाव हुँदा कार्यकारीणी समितिले कम्तिमा ३० दिन पहिले कम्तिमा पनि ३ जनाको निर्वाचन समिती गठन गर्ने छ ।
२०.२ निर्वाचन समिति र कार्यकारीणी समितीले कार्यबिधी निर्धारण गर्नेछ ।
२०.३ समितिको निर्णय बहुमत वाट पारीत हुनेछ र मत बराबर भएमा उक्त पदको लागि मात्र पुन:निर्वाचन गर्नुपर्ने छ ।
२०.४सम्मानित सदस्य, मानार्थ सदस्यहरुलाइ,कार्यकारीणी समितिको लागि मतदान मा भाग लिने तथा उमेदवार हुने अधिकार हुने छैन ।

परिच्छेद -९
विविध
२१.विधान संशोधन :
साधारण सदस्य संख्या को तीन चौथाइ (७५%) मतद्वारा विधान मा संशोधन गर्न सकिने छ ।
२२.विघटन:
यस संस्थाको विघटन भएमा संस्थाको सम्पत्ति तथा कोष सो विघटन को प्रस्ताव पारीत गरेको साधारण सभाले तोके अनुसार हुनेछ ।
२३ विधानमा उल्लेख नभएका हकमा कुनै समस्या पर्न आएमा नेपाल,र डेनमार्क को प्रचलित कानुन वमोजिम गरिने छ ।

समाप्त

Comments

प्रतिकृया दिनुस्





हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

हामीलाई सयहोग गर्नुस् ।

help us to run this site
कृपया दोनेट गरी स के पछि आफ्नो नाम अनि ठेगाना हामीलाई ईमेल गरिदिनुस् । शहयोगिको नाम यो लिस्ट हेर्न यहाँ जानुस्

Photo slide