विश्व साइकल यात्री श्री पुस्कर शाहलाई एन.आर.एन को झण्डा हस्तान्तरण

मिती | April 15, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 223 पटक पढेको

आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा राष्ट्रपति भवनको प्रागंणमा भएको एक समारोहमा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको लोगो अंकित झण्डा विश्व साइकल यात्री पुस्कर शाहलाई हस्तान्तरण गर्नु भयो । श्री शाहले १५० देशहरुमा साइकलमा भ्रमण गरिसक्नु भएको छ र यस पटक उहाँले नेपालको राष्ट्रिय झण्डा र उहाँले भ्रमण गर्नु भएका सबै मुलुकको झण्डा लिएर सगरमाथा आरोहण गर्ने कार्यक्रम रहेको छ । समारोहमा साइकल यात्री शाहलाई शुभकामना दिनु हुँदै प्रमुख संरक्षक महतोले आफूले दृढ निश्चय गरेर लागि परेमा जस्तोसुकै काम गर्न सफल हुन सकिन्छ भन्ने कुराको दृष्टान्त पुस्कार शाहले प्रस्तुत गरेको बताउनु भयो । उहाँले शान्त र समृद्ध नेपालको चाहनामा सबै गैरआवासीय नेपालीको ऐकबद्धता रहेको बताउनु भएको छ । समारोहमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्री शाहको सफलताको कामना सहित उहाँ र उहाँको दलको सदस्यहरुलाई सगरमाथा आरोहणको प्रारम्भ गराउनु भयो । त्यस अवसरमा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले नेपाल पर्यटन वर्ष २०११ को लोगो सहितको झण्डा शाहलाई प्रदान गर्दै उहाँको अभियानले विश्वभर नेपालको पर्यटकीय छवी सुधार्न मद्दत मिल्ने कुरा बताउनु भयो । समारोहमा शाहका साथ साइकलमा १५० जना साइकल यात्रीहरुले विभन्न १५० मुलुकको झण्डा सहित राष्ट्रपति भवनको प्रागंणमा परिक्रमा गरी अभियानको सुरुवात गरेका थिए । उक्त समारोहमा नेपाल सरकारका विशिष्ट तहका पदाधिकारीहरु, बेलारुसका एनआरएन विरेन्द्र महतोका साथै सचिवालयका कार्यकारी निर्देशक डा. हेमन्त दवाडीको समेत उपस्थिति रहेको थियो ।

मितीः २०६६ चैत्र २५

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide