एन.आर.एन. युकेद्वारा नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा एक कार्यक्रमको आयोजना

मिती | April 19, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 216 पटक पढेको

एन.आर.एन. युकेले नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा “स्रष्टाहरुको संझना साँझ” “Tribute to the Legends” कार्यक्रम यही अप्रिल ११ मा सम्पन्न गरेको छ । यस कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि नेपाली कार्यवाहक राजदूत झपिन्द्र प्रसाद अर्याल, रेडिङका मेयर फ्रेड प्युग र एन.आर.एन. युकेका अध्यक्ष सुर्य गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रमका अन्य विशेष अतिथिहरुमा रेडिङमा कन्सरभेटिभ पार्टीबाट संसदका उम्मेदवार तथा पुर्व सांसद रब विल्सन, लेवर पार्टीबाट संसदका उम्मेदवार अनालिसा डड्स, कन्सरभेटिभ पार्टीबाट संसदका उम्मेदवार आलोक शर्मा , एन.आर.एन. युकेका संरक्षक प्रो.डा. सूर्य सुवेदी, एन.आर.एन. युरोपका क्षेत्रीय संयोजक क्या. हितमान गुरुङ र युकेमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुखहरुके उपस्थिति रहेको थियो । कार्यक्रमको प्रारम्भमा एन.आर.एन. यूकेका राष्ट्रिय संयोजक भक्त गुरुङले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमको वारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।

नेपाली राष्ट्रिय गीतबाट शुरु भएको सांगीतिक कार्यक्रमको सञ्चालन खगेन्द्र नेपाली, सुमन खरेल, विमला सुब्बा र मनिषा डंगोलले गर्नुभएको थियो । यू एण्ड अस व्याण्डको सांगीतिक समूहद्वारा संगीतबद्ध कार्यक्रममा लोकप्रिय गायकहरु विवेक श्रेष्ठ, शर्मिला बर्देवा, सितु खरेल, सपन राई, दिपु गुरुङ र संजीव सिंहले नेपालका सांगीतिक क्षेत्रका स्रष्टाहरुका गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली आधुनिक पप संगीतको विकासमा योगदान पुर्याउनु भएका गायक नोर्देन छिरिङ र नेपाली कला र संस्कृतिलाई बेलायती भुमीमा परिचित गराउन तिन दशकदेखि अनवरत रुपमा लागीरहनुभएका मदन थापालाई दोशल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम सफल पार्न विशेष सहयोग पुर् याएका वि.एफ.वि.एस. गोर्खा रेडियो, नेपाली टि.भि. र रेडिङ नेपाली समाजलाई कार्यक्रममा विशेष धन्यवादसहित सम्मानपत्र प्रदान गरिएको थियो र सम्पूर्ण सहयोगदाताहरुमा एन.आर.एन. यूकेको तर्फबाट अध्यक्षले २०६७ को मंगलमय शुभकामनासहित हार्दिकपुर्वक धन्यवाद दिनु भएको थियो ।

स्रोत एनसिसि युके

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide