एनआरएन जापानद्वारा २ वटा एम्बुलेन्स प्रदान 

मिती | April 6, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 212 पटक पढेको

- Dinesh Badu    |   From- Kathmandu     |     April 05, 2010
 
एनआरएन जापानको पहल र नेपाली दूतावास जापानको सहयोगमा फाएर फाइटर एसोसिएसन जापानवाट उपलव्ध दुईवटा एम्बुलेन्स मध्य एउटा दाङ उधोग वाणिज्य सँघलाई  हस्तान्तरण गरियो भने अर्को वामी स्वास्थ्य चौकी वामी टक्सार गुल्मीलाई यही २०१० मार्च ५ गते एक समारोहका वीच हस्तान्तरण गरियो।

एनआरएन जापानका उपाध्यक्ष लाल वहादुर केसी (रोशन) को प्रमुख आथित्यमा (गुल्मीमा) भएको उक्त हस्तान्तरण कार्यक्रममा स्थानिय वासिन्दाहरुको ठूलो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अग्नीधर लोहनी, वामी गाविसका भूपू अध्यक्ष महेश वहादुर जिसी, वामी सेवा समिति जापानका कोषाध्यक्ष सुरेश केसी, लागायतका व्यक्तिहरुले आफ्नो मन्त्व्य व्यक्त गर्नु भएको थियो। स्थानिय व्यापारी गोपी कृष्ण खरेलले उद्घोषण गर्नु भएको उक्त कार्यक्रममा स्थानिय ठूलो जनसमूहको उपस्थिति रहेको थियो।

 त्यसैगरी पूर्वसञ्चार मन्त्री तथा नेकपा माओवादीका पोलिटव्युरो सदस्य कृष्ण वहादुर महराको प्रमुख आथित्यमा (दाङमा) भएको हस्तान्तरण कार्यक्रममा एनआरएनका केन्द्रिय सदस्य अरुण कुमार श्रेष्ठको साथै जापानमा बसोवास गर्दै आउनु भएका दाङ निवासी दिनेश डिसी लगाएत स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो। प्रमुख अथिति महरा द्वारा एम्बुलेन्सको स्टार्ट गरी हर्न वजाएर उदघाटन गर्नुभएको थियो भने एनआरएन आईसीसीका सदस्य श्रेष्ठबाट एम्बुलेन्सको सांचो दाङ उद्योग वाणिज्य संघलाई हस्तान्तरण गर्नु भएको थियो।

 स्मरण रहोस एनआरएन जापानले प्रत्येक वर्ष नेपाललाई २ वटा एम्बुलेन्स प्रदान गर्दै आएको छ।यसलाई निरन्तरता दिदै यस पटक दाङ र गुल्मी जिल्लालाई दिईएको हो।

गरिएको हो।

 धन्यवाद।

 डा. सुदिप अधिकारी

राष्ट्रिय संयोजक,एनआरएन जापान

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide