एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ

मिती | March 14, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 230 पटक पढेको

देवमान हिराचन, गैर नेपालीहरूको संस्था (एनआरएन) अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि जापानमा बसोबास व्यवसाय सञ्चालन गर्दै आउनुभएका हिराचन नेपालीको भविष्य निर्माणमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको विचार व्यक्त गर्नुहुन्छ ।

आन्तरिक राजनीतिक अवस्थामा सुधार, शान्ति सुरक्षा र लगानीको उचित वातावरण बन्न सके नेपालमा गैर आवासीय नेपालीहरूको लगानी बढ्ने मात्र होइन उनीहरू संयुक्त वैदेशिक लगानीको बलिया माध्यम पनि बन्न सक्ने विश्वास राख्नुहुन्छ ।

गैर आवासीय नेपालीहरूलाई प्रदान गर्न लागिएको परिचयपत्र स्वागतयोग्य निर्णय भएको बताउनु हुने अध्यक्ष हिराचन दोहोरो नागरिकताको प्रावधान गैर आवासीय नेपालीहरूको चाहना रहेको बताउनुहुन्छ । प्रस्तुत छ उहाँसँग इमेल मार्फत गरिएको अन्तर्वार्ता-

एनआरएनलाई अगाडि बढाउन कस्तो नयाँ थप ‘एजेण्डा’ तयार पार्नुभएको छ ?

गैर आवासीय नेपाली सङ्घ विदेशमा बस्ने सबै नेपालीको साझा संस्था हो । यहाँ ‘नयाँ’ एजेण्डाको कुरा भन्नुभन्दा पनि निरन्तरतालाई नेपाल र नेपालीको हितसँगै हामी सबैको हित गाँसिएको छ भन्ने कुरामा विश्वास गर्दछौं र त्यस्तै हित प्रवर्द्धनमा निरन्तर लागिरहेका छौं ! मेरो मुख्य ध्यान यस अभियानको संस्थागत संरचनाको विकास एवं हाम्रो कामको प्रभावकारिता बढाउनतिर लागेको छ ।

अहिले संसारभर कति नेपाली छरिएर रहेका छन्- एनआरएनले कति देशमा आˆना सङ्गठन विस्तार गरेको छ र सदस्यता सङ्ख्या कति छ ?

अहिले दक्षिण एसिया क्षेत्रबाहिर नै २६ लाखभन्दा बढी नेपाली रहेको हाम्रो अनुमान छ । हामी ती सबैलाई आˆनो सदस्य मान्दछौं ! विश्वमा अब सायदै त्यस्तो मुलुक होला जहाँ नेपालीहरू पुगेका छैनन् ! संस्थागत रूपमा हेर्ने हो भने गैर आवासीय नेपाली सङ्घको ५५ मुलुकमा राष्ट्रिय समन्वय परिषद् खुलिसकेका छन् ! अरू पाँच-सात मुलुकमा पनि यो खुल्ने तरखरमा छ । राष्ट्रिय समन्वय परिषद्हरूलाई शुल्क बुझाएर पञ्जीकृत सदस्यता लिने सङ्ख्या पनि २० भन्दा बढी पुगिसकेको छ ।

अहिले एनआरएनबाट अपेक्षाकृत लगानी नभएको बताइन्छ । त्यसका कारणहरू के हुन सक्दछन् ?

एनआरएन एक अभियान हो र यसलाई वित्तीय लगानीसँग मात्र गाँसेर हेर्नु हुँदैन भन्ने हाम्रो धारणा छ ! वित्तीय लगानीका अतिरिक्त पनि एन.आर.एनले मुलुकको प्रगतिमा ठूलै भूमिका खेल्न सक्छन् ? भन्ने हाम्रो धारणा छ ! निश्चय नै देशको रूपान्तरणमा लगानीको ठूलो महत्त्व छ ! फेरि संघ सामाजिक संस्था भएकोले आफैँले लगानी पनि गर्दैन ! खालि गैर आवासीय नेपालीहरूलाई लगानी गर्न उत्प्रेरणा मात्र दिन्छ ।

लगानी हुनका लागि निश्चय पनि मुलुकमा लगानी मैत्री वातावरण चाहिन्छ तर नेपालमा लगानीका लागि राम्रो वातावरण बन्न नसकेको सत्य हो । हाम्रो राजनीति सामाजिक उथलपुथल, नीतिको निरन्तरता माथिको अल्पविश्वास, झन्झटिलो प्रक्रिया, कार्यान्वयनमा हुने सुस्तता पूर्वाधारहरूको कमी आदिका कारण एनआरएन लगायतका लगानी अपेक्षाकृत रूपमा हुनसकेको छैन । तर एनआरएनहरूमा नेपालमा केही गर्नुपर्छ भन्ने भावना जागेको छ । यस्तो अप्ठेरो बेला पनि केही लगानीका परियोजना सुरु भएका छन् ।

देशको आन्तरिक अवस्था सुधि्रए यस्तो लगानी बर्सेनि कति रकम बराबर हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ?

ठ्याक्कै अनुमान गर्न गाह्रो छ । फेरि एनआरएनहरूले आफैंले मात्र लगानी गर्ने होइन । अरू विदेशी लगानी भित्र्याउनु समेत उनीहरूको सहयोग रहन्छ । नेपालको लगानीको वातावरण व्यवससाय मैत्री भयो भविष्यमा हामीले अनुमान गरेभन्दा धेरै ठूलो लगानी भित्रिनेछ भन्ने कुरामा म विश्वस्त छु ।

एनआरएनले प्रत्यक्ष लगानी गर्ने कुरा त आˆनो ठाउँमा छँदैछ, यसबाहेक संयुक्त लगानी वा वैदेशिक लगानी भित्र्याउने आधार पनि बन्न सक्ने अवस्था हुनसक्छ भन्ने आशा देखिए पनि त्यस्तै प्रक्रिया धेरै अघि बढेको पाइँदैन नि ?

गैरआवासीय नेपाली सङ्घले संयुक्त लगानीको अवधारणा अभियानको सुरूसँगै उठाउँदै आएको हो । निश्चय नै यसका लागि समय लाग्छ र त्यस्तो संयुक्त लगानीको प्रक्रियागत संरचना पनि हुनुपर्दछ । हामी विदेशमा बस्ने नेपालीहरूको स-सानो बचतलाई जम्मा गरेर मुलुकलाई र बचतकर्तालाई पनि फाइदा हुने लगानीमा परिवर्तन गर्ने पक्षमा छौं । हाम्रो संस्थासमेत कानुनी रूपमा स्थापित भई नसकेको अवस्थामा प्रक्रियालाई छिटो अघि बढाउन सकिएन तर हाम्रो प्रयत्न जारी छ ।

देशको आन्तरिक राजनीतिक स्थिरता भएको खण्डमा एनआरएनको तर्फबाट जलस्रोत, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन जस्ता पक्षमा कस्तो गुणात्मक लगानी वृद्धि हुन सक्ला ?

नेेपालमा लगानीका धेरै सम्भावना छन् र धेरै क्षेत्रमा लगानी हुन बाँकी नै छ । गैर आवासीय नेपालीहरूको सहभागिताले नयाँ प्रविधि भित्र्याउन र नयाँ प्रक्रियाहरूको थालनी गर्न सक्नुपर्दछ भन्ने मेरो धारणा छ । हामीले अहिले त्यति राम्रोसँग नपहिल्याएका क्षेत्रमा समेत ठूलै लगानी भित्रिन सक्दछ भन्ने मेरो बुझाइ छ ।

एनआरएनका लागि हालै सरकारले परिचयपत्र दिन सुरू गरेको छ । यसले के अब एनआरएनका धेरै समस्या समाधान भए त ?

सङ्घले परिचयपत्रको व्यवस्थालाई एक सकारात्मक कदमका रूपमा लिई स्वागत गरेको छ तर परिचयपत्रले सबै समस्या समाधान गर्न सकेको छैन । परिचयपत्र लिने प्रक्रिया र दिनुपर्ने विवरण झन्झटिलो छ । नेपाली मूलको विदेशी नागरिकको परिचयपत्रबाहकले नेपाल आउँदा जाँदा भिसा शुल्क तिर्नु नपर्ने भनिएको छ । परिचयपत्र भएपछि भिसा लिनु नपर्ने प्रष्ट व्यवस्था अझै भएकेा छैन । त्यस्तै नेपालमा सीमित रूपमा मात्र सम्पत्ति राख्न पाउने व्यवस्था गरेको छ । हाम्रो सुझाव नेपाली नागरिकसरहको व्यवस्था होस् भन्ने थियो । यसमा धेरै सुधारका सम्भावना छन् । हामी राज्यसँग मिलेर त्यस्ता सुधार गरिनुपर्दछ र हुन सक्तछन् भन्ने धारणा राख्दछौँ ।

परिचयपत्रले बस्ने र लगानी गर्ने वातावरण दिन्छ भने दोहोरो नागरिकता नै किन आवश्यक पर्ला त अब ?

परिचयपत्र र नागरिकता भनेका छुट्टा छुट्टै करा हुन् । ड्राइभिङ लाइसेन्स पनि परिचयपत्र हो । नागरिकताले मुलुकसँगको भावनात्मक एवं कानुनी सम्बन्ध स्थापित गर्दछ । नागरिकता भएका व्यक्तिले राज्यबाट अधिकार पाउँछन् र राज्यप्रति कर्तव्य पनि निर्वाह गर्दछन् । हामी नागरिकतामार्फत मुलुकप्रतिको कर्तव्यलाई कानुनी रूपमा नै स्थापित गर्न चाहन्छौँ ।

एनआरएनलाई सुविधा दिँदा एउटै वर्ग र तहमा राखेर व्यवहार गर्नुभन्दा लगानी भित्र्याउने सम्भावना, बौद्धिक क्षमता जस्ता पक्षहरूलाई आधार मान्दा कत्तिको उपयुक्त होला ?

निश्चय नै गैरआवासीय नेपालीहरूमा धेरै प्रकारका व्यक्तिहरू छन् तर राज्यले कुनै नीति बनाउँदा वा सुविधा दिँदा खास मुलुकको र वर्गको फाइदा मात्र हेरेर बनाउनु हुँदैन । नीति सबैका लागि समान हुनुपर्दछ । त्यसबाट फाइदा लिने त आˆनो साधन, स्रोत र क्षमताले हो । म गैर आवासीय नेपालीहरूबीच विभेदको पक्षमा छैन ।

एनआरएनका लागि राज्यले र निजी क्षेत्रले कस्तो थप वातावरण बनाउनु उपयुक्त हुन्छ ? यहाँको सल्लाह सुझाव केही छन् कि ?

नेपाल अहिले सङ्क्रमणकालमा छ । धेरै परिवर्तन भएका छन् धेरै कुरा हुन बाँकी छ । नयाँ संविधानले नेपालको अखण्डता र राष्ट्रिय एकता बलियो पार्नुपर्दछ । संविधानले नेपाललाई दु्रततर आर्थिक विकासमा अघि बढाउन सक्नुपर्दछ । गैर आवासीय नेपालीहरूको हित पनि नेपालको उन्नति र प्रगतिसँग गाँसिएको छ । सबै मिलेर नेपाललाई प्रगतिपथमा लम्कने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो ।

एनआरएनको लगानी सँगसँगै वैदेशिक लगानी भित्र्याउन नि त ?

लगानी मूलतः दुई कुरामा निर्भर गर्दछ । एक लगानीको प्रतिफल कस्तो हुन्छ र दोस्रो लगानी कति सुरक्षित रहन्छ वा कति जोखिमपूर्ण छ । राम्रो प्रतिफल छ र सुरक्षा पनि राम्रो छ, गैर व्यावसायिक जोखिम छैन भन्ने विश्वास दिलाउन सके सबैको लगानी भित्रिन्छ । जोखिम धेरै छन् र प्रतिफलको सम्भावना पनि कम छ भन्ने सन्देश जाउन्जेल लगानी भित्रिँदैन ।

नयाँ संविधानमा एनआरएनको भावनालाई कसरी समेट्न सके राम्रो होला भन्ने लाग्छ ?

सर्वप्रथम त संविधान समयमा नै बन्नुपर्दछ । साथै, यसले विश्वव्यापी रूपमा मान्यताप्राप्त लोकतान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरेको हुनुपर्दछ । नेपालीको सम्पत्तिमाथिको आधिकार लगायतका मौलिक अधिकार सुनिश्चित गरेको हुनुपर्दछ । संविधानले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख सक्ने हुनुपर्दछ । सबै नेपालीले यो हाम्रो संविधान हो र यसले मेरो हकहित सुरक्षित गर्दछ भन्न सक्ने संविधान बन्यो भने संविधान निर्माणको सार्थकता हुनेछ । एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ । साथै नेपाललाई विश्वव्यापी रूपमा नै सफल राष्ट्र बनाउन सक्ने संविधान बन्न सके हामी सबैको हित हुनेछ ।

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide