टोरोन्टो साहित्य समाज र गैरआवासीय नेपाली संघ को संयुक्त रुप मा आयोजित बसन्त श्रवण कार्यक्रम

मिती | January 25, 2010 | Posted By | 1 प्रतिकृया | 478 पटक पढेको

ब्राम्टन 23 जनवरी

नेपाली भाषा तथा साहित्य का धरोधर बरिष्ठ साहित्यकार कृष्ण प्रसाद पराजुली लाई हालै
क्यानडा मा भब्य कार्यक्रम का बिच अभिनन्दन गरिएको छ । टोरोन्टो साहित्य समाज र गैरआवासीय नेपाली संघ को संयुक्त रुप मा आयोजित बसन्त श्रवण कार्यक्रम को सभापतित्व गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज गुरुंग ले
गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन गैर आवासीय नेपाली संघ का सचिब गोपी कृष्ण काफले ले गर्नु भएको थियो I उपस्थित महानुभाब हरु लाई गैर आवासीय नेपाली संघ का भाषा साहित्य तथा सस्कृति का संयोजक मुक्ति गौतम ले स्वागत गर्नु भएको थियो I टोरोन्टो स्थित प्रवासी का तर्फ बाट साहित्यकार पराजुलीलाई सम्मानपत्र सहित अभिनन्दित गरिएको हो । क्यानडा प्रवासीका तर्फबाट गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज गुरुंग ले सम्मानपत्र अर्पण गर्नु भएको थियो । नेपाली भाषाको अनुसन्धान र लेखन माँ उल्लेखनीय योगदान पुर्याए बापत उँहालाई सो अभिनन्दन गरिएको हो । नेपाली साहित्य का स्तम्भ 75 वर्षीय पराजुलीका “राम्रो रचना : मिठो नेपाली” लगायत 43 वटा मौलिक 33 भन्दा बढी फुटकर साहित्य सामग्री मा संपादन गरी पाठक समक्ष पुगिसकेका छन् । सो अवसर मा अभिनन्दित व्यक्तित्व पराजुली ले नेपाल मा प्रतिलिपि अधिकार सुरक्षित गर्न नसक्दा सस्ट्रा अन्याय मा परेको दुखेसो पोखनु भयो I तर राम्रो लेखेको ले नै तेसो भएको होला भनी चीत्त बुझाउनु भयो I उक्त अबसर मा साहित्यकार को ब्यक्तित्व को बारे मा गोबिन्दसिंग रावत ले बोल्नु भएको थियो I सो अवसरमा स्रस्टाहरु मुक्ति गौतम, गोपीकृष्ण काफ्ले, राधिका खरेल, गोबिन्दसिंह रावत, तुलसी धरेल,किरण पन्त, राजकुमार राई,बिनु काफ्ले, मेधावी गौतम,प्रिया श्रेष्ठ, बिस्मिता पराजुली ले कविता बाचन गरेका थिए । यस्तै राजदूत भोजराज घिमिरेको गजल तथा अटवा बाट कृष्ण हरी गौतम, अमेरिका बाट नबीन अन्योल , अस्ट्रेलिया बाट निष्प्रभ सजी ,आयरल्याण्ड, बाट सुमन घिमिरे ,युएई अनुकूल प्रकाश , इजरायल बाट हरी मानन्धर का प्राप्त कविता गजल ,हाइकु पनि बाचन गरिएको थियो । सो अबसर मा 82 बर्षीय उमानाथ गौतम ले सरस्वती को पूजा गरी कार्यक्रम सुरुवात गर्नु भएको थियो भने साना साना बाबु नानी हरु लाई अछ्यरारम्भ को पनि कार्यक्रम गरिएको थियो I कार्यक्रम मा राधिका खरेल ले मीठो गीत पनि गाउनु भएको थियो I उक्त कार्यक्रम मा उपस्थित महानुभाब तथा पत्रकार हरु लाइ गैर आवासीय नेपाली संघ का डा. तुलसी धरेल ले धन्यवाद दिनु भएको थियो I कार्यक्रम मा एन सी एन सी अध्यक्ष किरण पन्त, नेवा गुठी का अध्यक्ष प्रकाश लाल प्रधान , जनजाति बाट राजकुमार राइ, मगर सघ बाट गिरी बुड़ाथोकी ,नेपाली कमुनिटी सर्भिस बाट संयोजक संजीव रिजाल ले पनि साहित्यकार लाई अभिनन्दन गर्नु भएको थियो I .कार्यक्रम को अन्तमा सभापति नबराज गुरुंग ले आफ्नो मंतब्य राख्नु हुँदै साहित्यकार पराजुली को सम्मान गर्न पाएको मा खुसी छौ भन्दै बसंता पंचमी जस्ता कार्यकम निरंतर गर्न सके नेपाली भाषा साहित्य को जग बालियों हुनेथियो भन्नु भयो I जलपान पश्चात कार्यक्रम समापन गरिएको थियो I

Gopi Krishna Kaphle
editor -in-chief
Chautari magazine

Related posts:

  1. दुतावासमा दशैं कार्यक्रम ।
  2. चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न – किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता
  3. चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनद्धारा १९ बुंदे काठमाडौ घोषणापत्र जारी
  4. दोहोरो नागरिकताको विषयमा एनआरएन युकेको अन्तर्क्रिया कार्यक्रम
  5. चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्र

Comments

One Response to “टोरोन्टो साहित्य समाज र गैरआवासीय नेपाली संघ को संयुक्त रुप मा आयोजित बसन्त श्रवण कार्यक्रम”

  1. Tara Prasad Khatiwada
    May 19th, 2010 @ 17:03

    It is very inspiraing work to give valu of nepali literature in canada.I have got pr of canada now and preparing to fly there within one month.I am very interested person for literature.Plz send me a address of concern person of nepalese society of toronto.

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide