डेनमार्कमा नेपाली विद्यार्थीको गुनासो
मिती | December 19, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 207 पटक पढेको
डेनमार्कमा बस्दै आएका गैर आवासीय नेपाली र विशेष गरि विद्यार्थीहरुले यहाँ बसोअबास गर्ने आफ्ना नागरिकको हितमा डेनमार्क सरकार संग आवश्यक पहल गरिदिन प्रधानमन्त्री मधकुमार नेपाल समक्ष माग राखेका छन् . जलवायु परिवर्तन सम्बन्धि १५औ विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्न मंगलवार डेनमार्कको राजधानी कोपेन्हागेना आइ पुग्नु भएका प्रधानमन्त्री समक्ष नेपाली विद्यार्थीहरुले यस्तो माग राखेका हुन् . नेपाली दुतावासमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ डेनमार्क र नेपाली विद्यार्थी फोरम डेनमार्कक पदाधिकारी र विद्यार्थीहरुले आ आफ्ना समस्याहरु राखेका थिए .
डेनमार्कमा नेपालीहरु अधिकांश विद्यार्थीको रुपमा रहेका र उनीहरुले अन्य देशका बिध्यर्थिको तुलनामा चर्को कलेज शुल्क तथा कर तिर्नु परेकाले नेपालीहरु संकटमा परेको नेपाली विद्यार्थी फोरम डेनमार्कका संयोजक रंजन ओझाले वताउनु भयो. नेपाली विद्यार्थीहरुले ४६ प्रतिशत कर तिर्नु पर्ने तर अन्य देशका विधार्थीले त्यति नपर्ने जानकारी दिदै विद्यार्थीहरुले नेपाल सरकारले डेनमार्क सरकारसंग कुरा गरेर कर घतौना पहल गरे सम्भब हुने बताएका थिए . गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाले डेनमार्कमा नेपालीहरुको आगमन पछिमात्र भएकोले गर्दा धेरै समस्याहरु रहेको बताउनुभयो. गैर आवासीय नेपाली संघका ५५ शाखाहरु मध्ये डेनमार्क कान्छो शाखा भएकाले यसले आहिले डेनमार्कमा बसोबास गर्ने नेपालीहरुको आबस्था बुझ्ने र समस्यामा परेकाहरुलाई शहयोग गर्ने प्रयास थालेको जानकारी दिनुभयो . सबैको समस्या सुनी सकेपछी प्रधानमत्री नेपालले आफ्ना नागरिक जुन देशमा भएपनि उनीहरुको हक हितको रक्षा गर्नु सरकारको दयित्वो भएकाले दुताबासले सरकारको तर्फबाट यहाका नेपालीहरुलाई आबश्यक सहयोग गर्न निरेशन दिनुभयो. यस अघि मंगलवार नै गैर आवासीय नेपाली संघ डेनमार्क र नेपाली विद्यार्थी फोरम डेनमार्कले कोपेन्हेगंमा पत्रकार सम्मेलन गरि डेनमार्कमा बस्ने नेपालीहरुको अबस्थाका बारेमा जानकारी दिएका थिए. डेनमार्कमा नेपालीहरुले कामको समस्या झेल्न नपरेपनि चर्को कर र कलेज शुल्कका कारण बिशेष गरि बिध्यार्थीहरुले दुख पाएको जानकारी पत्रकार सम्मेलनमा सहभागीहरुले दिएका थिए. पत्रकारसम्मेलनमा वन तथा भू संरक्षण मन्त्रि दिपक बोहोराले नेपाली बिध्यार्थिका हुनासहरुको जवाफ दिनु भयेको थिय
nepalitv.com
No related posts.
Comments
प्रतिकृया दिनुस्
