कुवेतको जेलमा रहेका महिला र बच्चाको उद्दारका लागि NRNA-KUWAIT ले पहल शुरु गर्‍यो

मिती | November 14, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 208 पटक पढेको

राजन रिमाल
कुवेत सिटी,१० नोवेम्बर नेपाली महिलाहरुको लागि रोजगारिको प्रमुखस्थल बनी सकेको कुवेतमा दिनका दिन नेपाली महिलाहरुको संख्या बढी राखेको छ ।
जसरी नेपालबाट कुवेत भित्रिनेको संख्या बढी राखेको छ। त्यसरी नै कुवेतको जेलमा पनि बढेको छ । विभिन्न अभियोगमा परि २१६ जना नेपाली महिलाहरु कुवेतको जेलमा भएको श्रोतले जनाएको छ । ति मध्य २१ जनासँग काखमा बच्चा रहेको पुष्टि भएको छ । ९ यो रेकर्ड केहि महिना पुरानो हो यी महिला र बच्चा हरुको उद्दारको लागि प्रराष्ट्र मन्त्रालय , नेपाली दूताबास साउदी अरब र NRNA-ICC सँग अपिल गरी सकेको छ । ९ नोवेम्बरका दिन कुवेत टाईम्समा FREEDOM AND A CAPTIVE MAID भन्ने शिर्षकमा मुना अल फुजैले लेखेको लेखमा नेपाली घरेलुकामदार महिलाहरुको दु:ख र पिडालाई उल्लेख गरिएको छ । उनले नेपाली मजदुरहरुको समस्या भारतीय दूताबासले सम्बोधन गरिराखेको छ । तर किन नेपालीहरुको आफनै दूताबास छैन ? नेपाली दूताबास छिटो भन्दा छिटो खुल्नु पर्ने र त्यसका लागि कुवैतका नेपालीहरुले पहल गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । तर भारतीय दूताबासले नेपालीहरुलाई कुनै किसिमको सहयोग वा संरक्षक नबनेको र त्यो लेखमा सत्य तथ्य नभएको NRNA-NCC कुवेतले घोर बिरोध गर्दै NRNA-NCC का अध्यक्ष राजेन्द्र तामङ्ले मुना अल फुजै र कुवेत टाईम्सलाई पत्र लेख्नु भएको थियो । साथै तामङ्ले NRNA-NCC कुवेतले दूताबासको लागि प्रराष्ट्र मन्त्रालयलाई लेखेको निबेदन, NRNA-ICC लाई लेखेको निबेदन, कुवेतमा नेपालीले भोग्नु परेका दु:ख र पिडाका साथ कुवेतका जेलमा रहेका महिला र बच्चाहरुको विवरण पनि पठाउनु भएको थियो । त्यस पश्चात मुना अल फजैको सकृयातामा कुवेतमा रहेका बिभिन्न सामाजिक संघ संस्था तथा मानब अधिकारबादीले अध्यक्ष तामाङसँग बिचार बिमर्श गरी आफुहरुले सहयोग गर्ने प्रतिबद्ता जनाएक हुन । ती बिवस शिशुहरुलाई जेलमा राख्न नमिल्ने कुरा मुनाले फोन मार्फत जानकारी गराएकी छन ।
सोही सन्दर्भमा हामीले NRAN-NCC कुवेतका सचिब सुजन के सि सँग गरि NRAN ले खेलेको भूमिका र यी चेली बेटिको कस्तो उद्दार हुन्छ भनी प्रश्न गर्दा के सि का अनुसार NRNA ले सम्पूर्ण विवरण बुझाई सकेको छ । यहाँका संघसंस्थासँग मिलेर NRNA पहल गरेको छ र आबस्यकपर्दा अरु सहयोग लिने छ । कोही अन्यायमा परेको भए इन्साफ पाउनु पर्छ । कानुन भन्दा ठुलो कोहि छैन । हामीले अध्यक्ष तामाङको नेतृत्व मा पहल सुरु गरेका छौ । हामी आशा बादी छौ । भन्नुभयो भने उता तामांगसंग सम्पर्क गर्दा यो हामी नेपालीका लागि ठुलो अवसर र चुनौती हो हामी हाम्रा सहयोगीका साथमा डोल्मा शेर्पा लगायत विभिन्न अभियोगमा कुवेतको जेलमा रहेका नेपाली महिला र पुरुषहरुको जानकारी लिएर नेपाल सरकारलाइ जानाकारी गराउने छौ भन्दै यो कामका लागि सबै कुवेतबासी नेपालीको सहयोग र सुझाबको आबश्यक छ भन्नु भयो ।

Related posts:

  1. चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न – किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide