एनआरएनहरुद्वारा विद्यालयलाई सहयोग

मिती | November 3, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 208 पटक पढेको

गत अक्टोवर २३ तारिख शुक्रवारका दिन स्याङ्जा जिल्लाको उत्तरी भेगमा अवस्थित बाँगे फड्के गा.वि.स.बाट कतारमा कार्यरत एनआरएनहरुले सुश्री कृष्ण कुमारी शर्मालाई सम्मान गरेको छ । गा.वि.स.को श्री मैदान माध्यमिक विद्यालयबाट वि.सं.२०६५ सालको प्रवेशिका परिक्षामा प्रथम श्रेणीमा प्रथम भएकी सुश्री शर्मालाई प्रोत्साहन स्वरुप नगद ५ हजार रुपैया र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
यसका साथै सोहि गाविसमा रहेको भगवति प्राविलाई पनि उक्त गाविसबाट कतारमा कार्यरत एनआरएनहरुले नगद १२ हजार ५ सय रुपैया सहयोग गरेका छन् । उक्त सहयोग रकम सोही समारोहमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नरबहादुर क्षेत्रीलाई कतारका प्रतिनिधि बिलबहादुर गुरुङले हस्तान्तरण गर्नु भएको थियो ।
आप\mनो जन्मस्थान र गाउँको विकास निर्माण लगायत, शिक्षा क्षेत्रमा गरेको सहयोगलाई सबै वक्ताहरुले प्रशंसा गरेका थिए । प्रवासमा रहेर पनि गाउँको र विशेषतः आप\mनो जन्मस्थानको वारेमा यस्तो सहयोगको अपेक्षा आगामी दिनमा पनि हुने विश्वास व्यक्त गरिएको थियो । यसरी मन्तव्य व्यक्त गर्नु हुने व्यक्तित्वहरुमा श्री मैदान मावि शिक्षक अभिभावक संघका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुर्णविर गुरुङ, भगवति प्राविका प्रधानाध्यापक मोतिप्रसाद शर्मा, भगवति प्रावि व्यवस्थापन समितिका सदस्य धर्मराज क्षेत्री हुनु हुन्थ्यो ।
उक्त समारोहमा एनआरएनए-एनसीसी कतारका महासचिव बिलबहादुर गुरुङलाई पनि विद्यालय परिवारले फुल माला र अविरले स्वागत तथा सम्मान गरेको थियो । सम्मानित गुरुङ र प्रवेशिका परिक्षामा प्रथम भएकी सुश्री कृष्ण कुमारी शर्माले पनि मन्तव्य राखेका थिए । सम्मानित गुरुङले यो सम्मानले आफुहरुलाई यस गाउँ विद्यालयको विकास निर्माणमा सहयोग गर्न अरु हौसला मिलेको विचार व्यक्त गर्नु भएको थियो
एनआरएनए-एनसीसी कतारका महासचिव बिलबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शिक्षक अभिभावक संघका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रम विद्यालयका शिक्षक चेतन दाश शर्माको सञ्चालनमा अर्का शिक्षक काजी क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । प्रमुख अतिथि गुरुङ सोहि विद्यालयका पुर्व विद्यार्थि हुन् ।
nepalbritain

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide