NRN डेन्मार्कका अध्यक्षसँग ऐक्यबद्धता मासिकले गरेको कुराकानी

मिती | October 12, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 137 पटक पढेको

एनआरएनएको चौथो विश्व सम्मेलन विशेषांक’को रुपमा प्रकाशित
- सभार – ऐक्यबद्धता मासिक
यहाँको अध्क्षयको व्यक्तिगत जीवनी, जन्म, शिक्षा, कार्यरत देश र पेशा ?

Som Sapkota

Som Sapkota


म समान्य किसान को छोरा हु । मेरो जन्म बाग्लुङ जिल्ला मल्मा गा बि स वार्ड न २ मा १९७४मा भएको ह ।म मेरो जन्म स्थल बाटै हाई स्कुल र बाग्लुङ मा ..महेन्द्र मल्टिपल कोलेज बाट आए र बिरेन्द्र कलेज चितवन बाट बि ए सकेर पेशागत रुपमा जिवन निर्वाह गर्न सकिन्छ कि भन्ने उदेस्यले बाग्लुंग जिल्लामा रासनयनिक मल र खाध्न्यमा नेपल सरकार ले बिकट जिल्ला हरु लाई दिने ढुवानी अनुदान मा ठेक्कामा रासनयनिक मल र खाध्न्य को ढुवानी गर्दै थिए तर मेरो आफ्नो अनुभब देश को राजनैतिक तथा आर्थक स्थिती पनि बिग्रदो भएको कारण ले सफल हुन सकिन केही समय को काठमडौ बसाइ पछी म बैदेशिक रोजगरको खोजी मा १९९४ को जुलाई ७ म स्विसज्ररल्यान्ड मा आएको हु । रोजगर कै क्रमामा जर्मन्,बेल्जिएम्,निडरल्यन्ड ,फ्ररान्स इटाली,हुदै १९९९ देखि २००८ सम्म पोर्तुगल मा सामान्य काम गर्दै बसेको थिए ।,समय बित्दै गयो पोर्तुगलमा लामो समय को बसाइ पछी पोर्तुगल को नागरिकता लिए र मैले पोर्तुगल को नागरिकता लिइ डेनमार्क मा बसाई सरे ।अन्तत म नेपाली मुल को पोर्तुगिस नागरिक भएता पनि मेरो तन , मन , धन सम्पूर्ण नेपाल र नेपाली हरु को आगन भन्दा बाहिर छैन । मेरो कार्य क्षेत्र को सन्दर्भमा म अहिले सम्म कामदार कै रुप डेनमार्कमा छु सम्भबत अर्को बर्ष बाट आफ्नै केही काम गर्नु पर्छ कि भन्ने सोच बनाएको छु ।

त्यस देशमा रहेको अनुमानित नेपाली संख्या कति होला ? नेपालीहरु के कस्तो पेशामा संलग्न छन् ?
यती नै छ त म भन्न सक्दिन तर पनि डेनमार्क मा नेपाली को सख्या२५०० को नजिक मा पुगेको छ।यो सख्या घटबढ त भैइ रहन्छ किनकि डेनमार्क् मा नेपलि आउने आनि यहा बाट बहिर जाने क्रम पनि छ। हामीहरुले डेनमार्कमा एउटा जन गणना कार्यक्रम ल्याउदै छ उ तत्पस्चात नै थाहा होला । प्राय जसो बिधार्थी हरु लगायता अन्य साथी हरु पनि हुनुन्छ । पेशाको सन्दर्भवमा समग्रमा धेरै जसो नेपाली हरु रेस्टउरेन्ट , होटेल,सरसफाइ, काम गर्नु हुन्छ।र केहि नेपालीहरु अन्य पेसामा पनि हुन्छ तर यो संख्या निकै कम छ

त्यहाँ रहेका नेपालीहरू(महिला समेत) ले कस्ता खालका समस्या तथा चुनौतिहरु भोग्नु परेको छ ? र ति समस्या समाधान गर्न एनआरएनएले कस्तो भूमिका खेल्नु पर्ने देख्नु हुन्छ ?
युरोप मा पुरुष र महिला का समस्या भनेका कुनै फरक हुँदैन
डेनमार्क मा ९५ प्रतिसत नेपालीहरु स्टुडेन्ट को हैसियमा छ्न ।सबै जसो स्टुडेन्ट साथीहरु कलेज लाई महगो फी तिर्न वाध्य छन ।यहाँको भ्याट सिस्टम अलि हाई छ ।स्टुडेन्टलाई ६० घण्टा को काम गेर्ने प्रमिट अनि तेस्माथि महगोफी कलेज घर भाडा महगो यातायातका कारण जीवन यापन सोचे जस्तो सजिलो छैन। समस्या समाधान गर्न एनआरएनएको
भूमिका भनेको सबै नेपाली लाई नेपाली ले सहयोग गर्ने बातावरण को ऋजना गर्नुसस्थागत रुप बाट, नेपाल सरकार सग समन्य गरी डेनमर्क सरकार सग जुन कर दायरा छ तेसलाई अरु एशियन देसको सरह मा पुराउन पहल गर्नु अब यहाँ नेपालीहरु थाई रुपमा नै बसोबास गर्न लागेको संख्या पनि ठुलो छ तेसैले अब हामीले नै नेपाली तथा अंग्रेजी मेडियममा पढाई हुने बिधालयको एस्थापना नेपाली पुस्तकालय को एस्थापना,नेपाली खाद्य भण्डारको एस्थापना गर्न पहल गर्ने नेपाली हरु का समस्या समाधान मा साधक बन्ने जस्ता बिसयमा जिमेवरिक का साथ अगाडी बढ्नु पर्छ जस्तो लाग्छ

थुप्रै नेपालीहरू रहेको डेनमार्कमा एनआरएनए गठन गर्न किन ढिला गरियो त ? नेपालीहरुका अन्य संघसंस्थाहरूसँगको सम्बन्ध तथा एनआरएनए प्रति समग्र नेपालीहरुको कस्तो अपेक्षा भएजस्तो लाग्छ ?
एन आर एन को गठन किन ढिलो भयो भन्ने सन्दर्भमा त म केहि भन्न चाहादिन किनकी यहाँ सबै साथी हरु शिक्षित र बुद्दिजिबी हुनुन्छ तर पनि गठन ढिलो हुनुको कारण आइ सी सी केन्द्र्लाई नै सोध्नु उपयुक्त होला । बिहे को लागि पनि लगन जुरुनु पर्छ भन्छन तेस्तै गैर आबासिय नेपाली संग, डेनमार्क गठन हुन पनि लगन नजुरेर पो हो कि, अब अन्य सघ सस्था को सम्ब न्ध मा सबै सघ सस्था हरु रास्ट्रीय चिन्तन र प्रवासी नेपालीहरुको बिचार तथा समस्याअको समाधान को लागी स्थापना भएका हुनाले सुमधुर सम्बन्ध त छँदैछ । तर पनि एन आर एन एउटा अन्तर्‍रास्ट्रीय तथा समग्र नेपालीको चाहना, भावना , र बिचार बोकेको नेपालीहरुको छाता संगठन भएको कारण ले सबै नेपालीहरुको सोच बिचार एन आर एन प्रती रामरो छ ।एन आर एन रास्ट्र भित्रको गरी बि उन्मलन तथा बिदेश भित्र नेपालीहरुको समस्याको समाधानका लागी साधक बनोस गैरराजनीति सस्था को रुपमा एस्थापिता होस नेपालीको चाहना , भावना , र बिचार अनुरुप काम गर्न सकोस नया नेपाल को निर्माण मा निर्णयक भूमिका खेलोस भन्ने आपेक्षा भएजस्तो लाग्छ

एनआरएनको आफ्‍नो जन्मभूमि प्रतिको सबभन्दा ठूलो कर्तव्य के हो जस्तो लाग्छ ?
रास्ट्र अहिले राजनैतिक तथा आर्थीक चपेटा मा परेको कारण एन आर एन को सबै भन्दा ठुलो कर्तब्य अर्थतन्त्र उकास्नु र गरीबि उन्मुलन गर्नु नया नेपाल को निर्माणमा रास्ट्रलाइ तन मन र धन ले सहयोउ गर्नु हो।

नेपालीलाई एकिकृत गराउने र भावनात्मक एकता डोर्‍याउने काममा मिडियाको भूमिका कस्तो हुन्छ ?
मिडिया को भूमिका सार्है प्रतिस्ठित र सम्मानित हुन्छ यस्ले लुकेका भावना, बिचार , र प्रतिस्ठित ब्यक्ती , ब्यक्तित्व हरुलाई अगाडी ल्याउछ मिडिया देश को चौथो अगको रुपमा मानिन्छ ।सनसार को जुन ठाउमा भय पनि हामी आज मेडियाको मद्यामा बाट यतै नजिक छौ कि केहि सेकन्डमा नै नेपाल का तथा बिस्व का सबै कुरा थाहापाउन सफल भय का छौ एन आर एन अहिले ५४ वटा देश मा छ योपनि मिडिया कै त योगदान हो नि ।

यहाँको विचारमा अब एनआरएन कसरी अघि बढ्‍नुपर्दछ र चौथो सम्मेलनले कस्तो नेता छान्ला जस्तो लाग्छ ?
एन आर एन मा अन्तत बिधान अन्तर्गत रही सैदान्तिक बिचार तथा नेपालीहरुकोछाता संगठन रुपमा विकास गर्दैलैजानु पर्छ।एन आर एनलाई राजनीति जातीयता र छेत्रीय प्रभाब बाट बचाउनु पर्छ , यसलाई नेपाली को साजा सस्थाको रुपमा विकास गर्नुपर्छ एन आर एन मा राजनैतिक कारण हुनु हुँदैन यदी राजनैतिक करण भयो भने बैमनस्यता ल्याउछ । सस्था बलियो हुन सक्दैन । अन्तत बिग्रदो अवस्था ले कुनै पनि नेपाली को भावना लाई र समस्या लाई कदर गर्न सक्दैन । तसर्थ रास्ट्री य चिन्तन भएका तथा बौव्दिक क्षेत्रका साथी हरु लाई सगठित गर्दै सस्था लाई अझ बलियो र मजबुद बनाउनु हाम्रो दायित्व भएको ले अक्टोवर मा हुने चौथो सम्मेलन ले प्रवासमा बसेर प्रवासी नेपाली हरुको बिचार भावनाको कदर गर्ने तथा एन आर एन लाई नेपालीहरु को एयाकता को प्रतिको रुपमा लान सक्ने ब्यक्तित्वलाई छान्लाजस्तो लाग्छ .

अन्तयमा मलाई हजुरहरु मार्फत आफना विचार राखने मौका दिनु भयको मा यहाँ लगायत यहाको टिम लाई धयानाबाद दिन चाहन्छु साथै बिजय दसमी ताथ तिहार को
शुब अबसरमा देस बिदेसमा मा रहनु हुने सम्पर्ण नेपाली दाजु भाई दीद्बहिनिहरु मा शुभकामना व्यक्त चाहन्छु
साथै नेपाल अहले संकर्मनाकलिन अबस्थाबता गुर्जिरहेको छ यो अवस्था बाट राष्ट्र लाई
समान्य सरल अबस्थाम अवतरण गराउनु हामी सबै को कर्तब्य हो तेसैले नेपालका राजनतिक दलहरु कोएकता आजको आबस्यकता हो नया नेपाल को निर्माण राजनतिक दलहरु को एकता बिना सम्भब छैन तेसैले नेपाल का राजनीतक दलहरु आफनो दलहरु स्वार्थ भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्ने बेला भय को छ देस रहे हामी रहन्छौ तसैले नया नेपाल को निर्माण समयमा नया सबिधान को लेख्नन जस्ता कुरा मा हामी सबै गभिर भयर लग्नु पर्ने बेला आयको छ के पहाडी के तराई के हिमाली के बाहुन के छेत्री के जनजाती के गरैआबासिय नेपाली सबै भन्दा पहिला हामी सबै नेपाली हौ राष्ट्र ले हामी लाई के दियो के दियो भन्दा पनि हामीले राष्ट्र लाई के दिएका छौ भने कुरा पनि महत्वपूर्ण छ तेसैले हामी सबै मिलेर सुनौलो नया नेपालको निर्माण मा लाग्नु पर्छ भन्दै पुन यहाँ को टिम अनि एकाबद्दता मासिक लाई धन्यवाद दिन चाहन्छु
धन्यवाद

सोम नाथ सापकोटा
अध्क्षय
गैर अबसिया नेपाली संग राष्ट्रिय समन्य परिसद
डेनमार्क

Comments

प्रतिकृया दिनुस्





हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

हामीलाई सयहोग गर्नुस् ।

help us to run this site
कृपया दोनेट गरी स के पछि आफ्नो नाम अनि ठेगाना हामीलाई ईमेल गरिदिनुस् । शहयोगिको नाम यो लिस्ट हेर्न यहाँ जानुस्

Photo slide