।नेपालको संविधान निर्माणमा गैर आवासिय नेपालीकोभूमिका।
मिती | October 24, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 167 पटक पढेको
विदेशमा रहेका सबै गैर आवासिय नेपालीहरुको बहुमुल्य सल्लाह, सुझाव र आफनो योगदानलेनै नया नेपालको नया संविधान निर्माण हुने भएकोले सबैले यस विषयलाई आफनो संघ संस्था मार्फत बृहत क्षलफल गरेर आफनो सुझाव पठाउन सकेमा आउदो दिनहरुमा गैर आवासिय नेपालीहरुले कानुनि तथा अन्य कठिनाईहरु भोग्नु पर्ने थिएन होला । साथै हाम्रो बानी नै छ कि आफु केहि गर्न चाहदैने र अरुले गरेकोलाई टिका टिप्पनीमात्र गनॆ् । यदि समयमै केहि सुझाव दिन सके र त्यस्ले मान्यता पाएको खन्डमा हामी सबैको हित हुने थियो होला यस कारणले गर्दा, विदेशमा बसेर लामो समय देखि भोगेका, अनुभव गरेका र अध्यन गरेका थुप्रै रायहरु हुन सक्छन जस्ले नेपालको संविधान निर्माण कार्यमा साथ दिन सक्नेछ ।नेपालको संविधान निर्माण गर्दा एकदमै ध्यान पुर्याउनुपर्ने गैर आवासिय नेपालीको हक हितपनि एक अतिनै आवस्यक छ किनभने नेपालको मात्र कुरा गर्ने हो भने देश अहिले कस्तो स्थितिमा चलिरहेको छ तर नेपालको वितिय स्थिथिति अहिलेपनि सन्तोष जनकनै रहेको सबैलाई थाहै छ त्यो कसरी भयो त रु त्यस्को मुख्य कारण हो रेमिटेन्स जो अहिलेपनि विदेशमा बैदेशिक रोजगारीमा रहेका कार्यरत नेपालीहरुले आफनो कमाई देशमा पठाई रहेकाछन् । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले गर्दानै देशको आर्थिक स्थिति एति लामो द्धवन्दमा पर्दा समेत धरासायी भएन । यसैले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाईपनि ध्यानमा राखेर नया संविधान निर्माण हुन नितान्त आवस्यक देखिन्छ ।
न्युन आय भएको देशका जनताहरु विदेशिने क्रम बडिनै रहेको छ र त्यसै अनुरुप नेपाली जनता खाडी मुलुक देखि विश्वका शक्तिशाली देशहरुमापनि पुगिरहेकाछन् जस्को प्रत्यक्ष लाभ नेपालले पाइनै रहेको छ । यस सत्यलाई कसैलेपनि नकार्न सक्दैन कि नेपालको आर्थिक आय श्रोतमा लगभग १६, १७ प्रतिशत बैदेशिक रोजगारीबाट नेपालले पाईरहेको छ । हालै मलेसियामा मात्र एक लाख नागी सकेको छ नेपाली कामदार र यो क्रम विश्व भरिकै देशमा बडदो छ । नेपालले बैदेशिक रोजगारीको लागी १०७ देशमा इजाजत प्रदान गरेकोले आगामी बर्षहरुमा विदेशीने नेपालीहरुको संख्या अझ बडने छ । यसैले विदेशमा रहेका गैर आवासिय नेपालीलाई देश विकासमा आउने वातावरण र निति नियम बन्न सके नेपालले आफनो विकासको गतिलाई तिब्रता ल्याउन सक्ने छ तर त्यस्को लागी लगानी गर्ने वातावरण र आर्थिक शुरक्षाको आभास नेपाल सरकारले दिन सक्नुपर्ने छ । निति नियममा विशेष ध्यान दिनुपर्ने छ
som nath sapkota
denmark
No related posts.
Comments
प्रतिकृया दिनुस्
