एनआरएन अध्यक्षमा देवमान हिराचन
मिती | October 15, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 166 पटक पढेको

Dev Man Hirachan
तर लामो समयको प्रयासपछि दुवैले हिराचनलाई समर्थन गरेका थिए। राजधानीमा मंगलबार सुरु भएको एनआरएन विश्व सम्मेलनमा बिहीबार बाँकी पदमा पनि नेतृत्व चयन हुँदैछ। यस्तो सम्मलेन दुई दुई वर्षमा हुने गर्छ। यो सम्मलेनमा ५५ देशमा रहेका ५ सयभन्दा बढी नेपालीको सहभागिता छ।
‘संस्थाको हितका लागि म र उदासजीले हिराचनजीलाई छोडिदिएका छौ,’ थापाले भने- ‘यसबाट देशभित्र पनि सहमतिको राजनीतिक वातावरण बन्न सकोस भन्ने सन्देश दिन खोजेका छौ ।’
काठमाडौ, २०६६ आश्विन २९ – लामो छलफल र बहसपछि अन्ततः गैर आवासीय नेपाली संघको दास्रो अध्यक्ष हुने मौका जापानका देवमान हिराचनले पाएका छन । ६ बर्षदेखि संघको अध्यक्ष रहेका उपेन्द्र महतोले अध्यक्ष नरहने घोषणा गरेपछि तीनजना मैदानमा उत्रिएका थिए । करिब ६ महिना अघिदेखि हिराचन सहित जर्मनीका रामप्रताप थापा, अपिकी मुलुक लिसेथोमा कार्यरत भीम उदासले अध्यक्ष पदमा आपनो दाबी गर्दै आएका थिए ।
‘संस्थाको हितका लागि म र उदासजीले हिराचनजीलाई छोडिदिएका छौ,’ थापाले भने- ‘यसबाट देशभित्र पनि सहमतिको राजनीतिक वातावरण बन्न सकोस भन्ने सन्देश दिन खोजेका छौ ।’
अहिले अगाडि आएका तीनजनाबीच सहमति भएपनि १ बजेसम्म उमेदवारी दिने समय भएकोले अरु आउनसक्ने थापाले बताए । तर सम्मेलनको वातावरण हेर्दा अरुले उमेदवारी दिने सम्भावना भने न्यून छ ।
सम्मेलन शुरु हुन एक दिन अघि राम थापाको नाममा सहमतिको प्रयास भएपनि अन्ततः हिराचन आपनो नाममा सहमति जुटाउन सफल भए । पोखरामा जन्मेका हिराचन ३६ बर्ष अघि पढन जापान गएका थिए । शुरुमा रेडियोलोजी पढेर त्यहाको एक अस्पतालमा जागिर पनि खाएका हिराचन पछिल्लो समयमा जापान र नेपाल दुवैतिर व्यवसाय विस्तार गरिरहेका छन । जापानमा सूचना प्रविधिको क्षेत्रमा ठूलो लगानी छ भने नेपाल र जापानमा ट्राभल एजेन्सी छन ।
संघमा उनको संलग्नता भने स्थापनासंगै भएको उनी बताउछन । सन् २००३ मा संघको गठन हुदा उनी केन्द्रीय कोषाध्यक्ष थिए । २००५ देखि २००७ सम्म एसिया प्यासेफिकका उपाध्यक्ष रहेका उनले दुई बर्षयता केन्द्रीय उपाध्यक्षको रुपमा काम गरे ।
उपाध्यक्षमा पनि सहमति खोज्ने प्रयास भइरहे पनि अझै टुङ्गो लागिसकेको छैन । उपाध्यक्ष पदमा रुसका जिवा लामिछाने, अमेरिकाका रतन झा र खाडि मुलुकबाट सागर नेपालले दाबी गरिरहेका छन । दुईजना उपाध्यक्ष रहने प्रवाधान छ ।
Related posts:
Comments
प्रतिकृया दिनुस्
