डेनमार्क मा दशैं पार्टी

मिती | September 25, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 188 पटक पढेको

कोपन्हेगन ६ असोज  । महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा पनि नेपाली  हरुबीच शुभकामना आदान प्रदान तथा दशैं जमघट पार्टीको आयोजना गरिएको छ । नेपाल डेनमार्क स्टुडेन्ट फोरुम र गैर आवासिय नेपाली संघ (एन आर एन) डेनमार्क को संयुक्त पहल तथा आयोजनामा मा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त जमघट पार्टीमा नेपाली हरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । शुभकामना मन्तव्य दिंदै कार्यक्रमका प्रमुख अतिथी डेनमार्क का लागी नेपाली राजदुत विजयकान्त लाल कर्ण ले विदेशमा रहेर पनि यसरी नेपालीहरु बीच यस्तो बृहत कार्यक्रम आयोजना हुनु गौरवको कुरा भएको बताए ।

कार्यक्रममा एन आर एन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटा ले यहां रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्ने प्रयत्न गरिएको र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । नेपाल डेनमार्क स्टुडेन्ट फोरुम का अध्यक्ष डोल राज पौडेल (नविन) ले प्रवासमा रहेर पनि नेपाली हरुबीच एकता तथा सामिप्यता बढाउनका लागी यो कार्यक्रमको आयोजना गरिएको र नेपालीहरुको उल्लेख्य उपस्थितिले आफूलाई हौसला प्रदान गरेको बताए । विगत सालहरुमा जस्तै यो साल पनि यस्तो कार्यक्रम गर्न पाउंदा खुशि लागेको पनि उनले बताए ।

कार्यक्रममा डेनमार्कमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको समेत उपस्थिती रहेको थियो । दशैं पार्टी मा नेपाली खाना का साथै सांस्कृतिक कार्यक्रम समेत प्रश्तुती गरिएको थियो । कार्यक्रममा नेपालीहरुको सहभागिता अत्याधिक रहेको थियो भने कार्यक्रम आयोजना स्थल आगन्तुक नेपाली हरुले खचाखच भरिएको देखिन्थ्यो । जमघटको खुशियालीमा  नेपाली हरु एक आपसमा समूह बनाइ नाचेका पनि देखिन्थे । सांस्कृतिक कार्यक्रममा भाग लिएका हरुमध्यबाट गायन र नृत्य तर्फबाट उत्कृष्ट एक एक जनालाई नगद पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन रामचन्द्र पाठक र सुमन खड्काले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा नेपाली दुतावास मा एक साता अघि मात्र आफ्नो कार्यभार संम्हाल्न आउनुभएका कन्सुलर प्रकाश सुवेदी र प्रथम सचिव हेमलाल भटराई लाई स्वागत अभिनन्दन गरिएको थियो । कार्यक्रममा स्विडेनबाट समेत नेपालीहरु आएका थिए भने नेपाली संस्कृति प्रती उत्सुक राख्ने  स्थानिय डेनिश नागरीक हरुको पनि उपस्थिति रहेको थियो ।

Dashain party

dashain party

dashain party3

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide