एन आर एन डेनमार्क स्थापना
मिती | September 26, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 164 पटक पढेको
गणेश ढकाल, मिती २०६६ साल श्रवण १८ गते तद्नुसार अगष्ट २ तारिकका दिन गैर्ह्य आवाशीय नेपालीहरुको प्रतिनिधिमुलक सस्था अर्थात् Non Residential Nepal (N.R.N)डेन्मार्कको पहिलो भेलाले राष्ट्रिय तदर्थ समिति डेन्मार्क गठन गरेकोछ। बिभिन्न पेशा, ब्यवसायमा सम्लग्न भई डेनमार्कमा बस्नु भएका नेपालीहरुको भेलालाई नेपाली दुताबासले आफ्नै भबन उपलब्ध गराइ सहयोग गरेको थियो। भेलाले तदर्थ समितिको अध्यक्ष चयन गर्ने क्रममा प्रजातान्त्रिक चुनावी प्रकृया अपनाउनु परेको थियो। अध्यक्ष पदका प्रत्याशी सोमनाथ सापकोटा र रन्जन ओझा बिच प्रसिस्पर्धा हुँदा सापकोटाले भारी मत ल्याइ बिजय हुनुभएको छ। त्यसै गरी कार्य समितिका अन्य कार्यकारी पदमा सर्बसम्बतबाट उपादक्षद्वय दीपेन्द्र चुडाल र महेश कन्सकार,महासचिब प्रबिण प्रजापती,अन्तरराष्ट्रिय समान्वय परिषद (I.C.C) मा गणेश ढकाल, युवा प्रतिनिधि रन्जन ओझा,महिला प्रतिनिधि सरस्वती भुसाल त्यसै गरी कार्य समितिका सदस्यहरुमा अमित आचार्य, दिपक सापकोटा,देवीकुमारी गौतम, रामचन्द्र पाठक, देबिराम लामिछाने, प्रदीप पाण्डे,प्रकाश ढकाल, मुक्ती चापगाइ, शुभर्ण गौतम, नरेन्द्रबहादुर बस्नेत,बिकास श्रेष्ठ,प्रकाश लामिछने,हरी न्यौपाने,तुलसी पौडेल र केदार दाहाल शहीत ३ जना थप्ने गरी २७ जनाको समिती तयार बएकोछ। उक्त कार्यक्रमको सबापतित्व डेनमार्कमा ४२ बर्ष बसिसक्नु भएका अग्रज पदम तुलाधरले गर्नु भएको थियो। निर्वाचन प्रकृयामा सहयोग पुर्याउन राजादुताबासका प्रथम सचिब डोरनाथ अर्याल र कर्मचारी यादब कोइरालाले चुनावी प्रकृयालाई सहयोग गर्नु भएको थियो भने उदयराज गौतमले प्रमुख सल्लहाकारको भूमिका निर्वाह गर्नुभएको थियो। उक्त आयोजक समितिले डेन्मार्कमा भएका नेपालीहरुको आधिकारिक तथ्यान्क सन्कलन गरी सदस्यता बितरण गर्ने, दर्ता प्रकृया अगाडि बढाउने,निकट भविश्यमा अधिबेसन गरी चुनावबाट नयाँ कार्य समितीको चयन गर्ने आशा लिएकोछ। स्मरणीय छ कि अहिले सम्ममा विश्वका बिभिन्न देसमा रहनुभएका नेपालीहरुले ५२ देसमा एन. आर. एन. गठन भईसकेकोछ र यसले बिदेशी लगानीलाई स्वदेशमा आकर्षण गर्ने, पर्यटन बिकासमा टेवा पुर्याउने,कोष जम्मा गर्ने, नेपालीहरुका पिरमर्कामा सहयोगी बन्ने आदी काम गर्ने लक्ष लिएकोछ।
Related posts:
Comments
प्रतिकृया दिनुस्
